काठमाडौं, १३ वैशाख । कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने निर्णय गरेको छ ।एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुची घट्दै गएकाले माक्र्सवाद पढाउने निर्णय गरेको हो ।

यस्तै, मार्क्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन् ।मार्क्स जयन्तीको द्विशतवार्षिकीको उपलक्ष्यमा २१ र २२ वैशाखमा ‘आजको मार्क्सवाद र लोकतन्त्र समृद्धि समाजवाद’ लाई मूल विषय राखेर काठमाडौंको राष्ट्रिय सभागृहमा गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा विभिन्न कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन् । माओवादी केन्द्रका नेता राम कार्कीले नयाँ पिढीमा मार्क्सवाद विषयमा अभिरुची बढाउनु पर्ने बताए ।नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया