- मिकाइल आलम

इनरुवा। आर्थिक वर्ष २०७४ सालमा ट्राफिक प्रहरी पोस्ट भाणटावारीले १६ लाख ६९ हजार राजस्व संकलन गरेको छ । नियम उल्लंघन गरी सवारी साधन चलाए बापत ट्राफिक प्रहरी पोस्ट भाणटावारीले आर्थिक वर्ष २०७४ श्रावण महिना देखि चैत्र मसान्तसम्म मा सो बराबरको राजस्व संकलन गरेको ट्राफिक प्रहरी पोस्ट भाणटावारीका इन्चार्ज गणेश श्रेष्ठले बताएका छन ।

श्रेष्ठका अनुसार २०७४ सालको नौ महिनामा ३ हजार १ सय ४९ सवारी साधनलाई कार्वाही गरी १६ लाख ६९ हजार बराबरको राजस्व संकलन गरेको हो । ट्राफिक प्रहरी पोस्ट भाणटावारीले आर्थिक वर्ष २०७४ सालमा बस ४ सय ७ कार्वाही गरेबापत २ लाख २७ हजार ५ सय,ट्रक ३ सय ७२ कार्वाही गरेबापत २ लाख ४५ हजार,कार,जिप र भ्यान ६ सय ३ कार्वाही गरेबापत ३ लाख १० हजार ५ सय,टयाक्टर ९१ कार्वाही गरेबापत ४६ हजार ५ सय,मोटरसाइकल १ हजार ६ सय १ बाट ८ लाख ४२ हजार ५ सय र टेम्पो ७५ वटालाई कार्वाही गरेबापत ३७ हजार ५ सय गरी आर्थिक वर्ष २०७४ सालको श्रावण देखि चैत्र मसान्तसम्म मा १६ लाख ६९ हजार राजस्व संकलन गरी बुझाएको ट्राफिक पोस्ट भाणटावारीका इन्चार्ज गणेश श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया