मोरङ । सोमबार आयोजना गर्न लागिएको बुद्ध जयन्तिको कार्यक्रमका लागि बुद्धको मुर्ति सफा गर्ने क्रममा आइतबार मोरङ पथरी शनिश्चरे २ बुदद चौकका ५२ बर्षीय लोकबहादुर तामाङ ( योञ्जन)को करेन्ट लागेर मृत्यु भएको छ।

पथरी शनिश्चरे २ बुद्धचौकमा रहेको मन्दिर सजाउन माथी चढेर बुद्धको गजुर सफा गर्ने क्रममा छेउमै रहेको बिजुलीको पोलमा रहेको तारले भेटेपछि करेण्ट लागेर भुइँमा बजारिएका योञ्जनको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का एक जना समेत गम्भिर बनेको ईलाका प्रहरी कार्यलय पथरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया