इटहरी । झापाको भद्रपुरबाट काठमाडौं जादै गरेको बा ४ख ६९१९ नम्वरको माइक्रो बस मोरगंको सुन्दरहरैचास्थित ठडीया चौकमा र्दुघटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दस जना घाइते भएका छन । तिव्र गतिमा दौडि रहेको माइक्रो अनियन्त्रीत भई रुखमा ठोकीदा सोही माइक्रो सवार झापा भद्रपुर १५ की ५१ वर्षिया उमा निरौला र  सोही ठाउँकी ५२ वर्षिया श्याम कार्कीको उपचारका लागि विराटनगर तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनमा परि घाईते भएका माइक्रो चालक झापा दमक ५ का धिरज न्यौपाने र सहचालक धनुषाका दिपक पाण्डेको लगायतका अन्य घाइतेहरुको विराटनगरको गोल्डेन अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान र इटहरीको सामुदायिक अस्पतालमा उपचार भई रहेको जनाइएको छ ।

तिव्र गति र पानी परिरहेको समयमा भएको दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी उपचारको क्रममा लैजादै गर्दा दुई जनाको बाटैमा मृत्यु भएको र अन्यको उपचार भई रहेको टाफिक प्रहरी पोष्ट गोठगाउँका प्रमुख प्रहरी सहायक निरिक्षक किशोर निरौलाले जानकारी दिए । मृतकको शव गोल्डेन अस्पताल विराटनगरमै रहेको समेत प्रहरीले जनाएको छ । तस्विर: शिव भट्टराई

 

तपाईको प्रतिक्रिया