- अन्सार अन्सारी

भुटाहा। सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ को वडा सदस्य रिनोद कुमार बहरदार (मलहा) ले मनोमानी गरेको स्थानीय बासिहरु ले गुनासो गरेको छ ।

सदस्य मलहाले आफू खुशी र जनतालाई दुखि पार्ने जस्ता कामहरु गरेकाले स्थानीय बासीहरुले बिरोध जनाएको हो। बाटो निर्माणको काममा उपभोक्ता समितिहरुमा आफु निकटका व्याक्तिहरुलाई राखी लाखौं रुपैयाको हिनामिना गरिएको पाइएको छ।

वडा नम्बर १ का सबै बाटोहरुको उपभोक्ता समितिहरुबाट कमिसन लिरहेको पाइएको छ। अहिले सम्म बनाएको उपभोक्ता समितिहरु हरिनगर गाउँपालिका वडा नम्बर १ साबिक को रामनगर भुटाहा गाविसको वडा नम्बर ६,८,९,२ मा बनाएको  उपभोक्त समितिहरुले काम स्टिमिटको आधारमा नगरि हरिनगर गाउँपालिकाको कर्मचारीहरुलाई मिलाइ उपभोक्ता समितिहरुबाट लाखौं रकमलि सबै कर्मचारीहरुलाई मिलाइ काम आधा मात्र सम्पन्न गरिएका र बाटोहरुमा मापदण्ड भन्दा कम गिट्टीको प्रयोग गरी काम पुरा भएको छ भन्ने र इन्जिनियरलाई  काम पुरा भएको छ भनी अनुगमन नै नगरी घर मै बसि काम गरिएको स्थानीय बासिहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया