Upendra-yadav-1024x1024काठमाडौं, २८ मंसिर ।
मधेस आन्दोलनका नेता उपेन्द्र यादव शनिबार साँझ भारतीय राजदुत रणजित रायसमक्ष निक्कै भावुक रुपमा प्रस्तुत भए र कुरा नसकिंदै दुतावासबाट निस्किए ।

परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको चारबुँदे सहमति र भावी रणनीतिबारे विश्लेषण गर्न राजदुत रायले शनिबार साँझ मधेसी दलका नेताहरुलाई कक्टेलसहितको रात्रीभोजमा बोलाएका थिए । रात्रीभोजमा सामेल उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, रामनरेश राय लगायतका केही नेताहरुको अनुहार भने उज्यालो थिएन । युद्ध हारेको जस्तो अनुहार लिएर भारतीय दुतावास पुगेका मधेसी दलका नेताहरु उस्तै अनुहारमा फर्किएका छन् ।

स्रोतका अनुसार ब्रिफिङका क्रममा राजदुत रायले उपेन्द्र यादवको नाम पटकपटक लिंदै चारपाँचवटा विषयमा डिग्री हासिल गरेको विद्धान नेता भन्दै फुक्र्याउने कोशिश गरेको एक नेताले सुनाए । चार बुँदे सहमतिबाट प्राप्त उपलब्धीलाई टेकेर अघि बढ्न राजदुतले आग्रह गरिरहेकै बेला उपेन्द्र यादवले सोधे, ‘के के उपलब्धी भयो ? चार महिना लामो पीडादायी आन्दोलनबाट हामीले यो उपलब्धी हासिल गर्यौं भनेर जनतामा जान सकिने बुँदाहरु के के छन् ?’ तर, राजदुतले उपलब्धी विस्तारै देखिंदै जाने भन्दै कुरा अन्तै मोडे ।

मधेसी नेताहरुले उधारो सम्झौताले तराईमा जान नसक्ने र आन्दोलन स्थगित गरी गए जनताले लखेट्ने बताएका थिए । तर, राजदुतले तत्कालै सुरक्षित अवतरण गर्न नसकिए चिनियाँ संलग्नता बढ्ने खतरालाई पनि नबिर्सन आग्रह गरेका थिए । तरुण साप्ताहिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया