saudi२८ मंसिर साउदी अरब । रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ ।इलाम जितपुर–६ बरडमाका २७ वर्षीय चित्रबहादुर मगरको हृदयघातका कारण शनिबार सुतेकै अवस्थामा मृत्यु भएको हो ।मगर साउदीको रविकस्थित प्रोजेक्ट सिस्टम गु्रपमा हेल्परका रुपमा कार्यरत थिए ।

ड्युटीबाट फर्केर राति खाना खाएर सुतेका मगर बिहान ओछ्यानमै मृत भेटिएको सोही कम्पनीमा कार्यरत मोहन बिएसकेले बताए ।
मगर ३१ महिना अघि रोजगारीका लागि साउदी अरब आएका थिए ।उनको शव रविकस्थित सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको छ । मगरको मृत्युको विषयमा दूतावासलाई जानकारी गराइएकोे र उनको शव जतिसक्दो छिटो स्वदेश पठाउनका लागि कम्पनीमा पहल भइरहेको बिएसकेले बताए ।

 

तपाईको प्रतिक्रिया