ita bhatta2

सुनसरीको ईटहरी – १६  एकम्बा स्थित जय नेपाल इट्टा भट्टाको चिम्नि आज साझ ढल्लदा सात जना मजदुरको मृत्यु भएको छ । घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । इटा उद्योगमा चिम्नीको माथिल्लो भाग जाम भएर धुँवा बाहिर जान नपाएपछि चिम्नी चर्किएर भाँचिदा त्यसले किचेर तीन जनाको घटनास्थलमै र चार जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चिरिञ्जीवि कोइरालाले जानकारी दिनुभयो ।

ita bhatta1

मृत्यु हुनेहरुमा भारतका सद्दाम हुसेन, मिथिलेस पासवान, गरिबलाल पासवान, राहुल मियाँ र सलुन मियाँ तथा स्थानिय भगलीदेवी चौधरी र शिव नारायण चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । घटनामा घाइते भएका सबैको बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया