काठमाडौँ,  २२ वैशाख । पुरानो बसपार्कदेखि नयाँ बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरिएको छ ।यातायात व्यवस्था विभागले शुक्रबार उक्त रुटमा चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको हो ।

पुरानो बसपार्कदेखि सुन्धारा, रत्नपार्क, लैनचौर, सामाखुसी हुँदै चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको विभागका निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए ।कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया