भोजपुरको रामप्रसाद राई गाँउपालिका-६ छापगाउँ बस्ने २२ दिप्शन राई गएराती छुरा प्रहारबाट घाइते भएका छन्। उनलाई सोही ठाउँका अन्दाजी २८ बर्षिय उमेश राईले चण्डी पुजाबाट घर फर्किने क्रममा सामान्य वादविवाद हुँदा पेटमा छुरा प्रहार गरेका थिए।

छुरा प्रहारबाट घाइते दिप्शनलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ भने छुरा प्रहार उमेश फरार रहेकाले खोजी भइरेहको प्रहरी चौकी मानेभन्ज्याङले जनाएको छ।

तपाईको प्रतिक्रिया