- मिकाइल आलम

लौकही। सुनसरीको कोशी गाउँपालीक वडा नम्बर १ लौकहीमा प्रयोगविहीन रहेको सार्वजनिक शौचालय युथ अफ लौकहीका युवाहरुले पुन संचालनमा ल्याएका छन् ।

सरसफाइको अभावमा प्रयोगविहीन बनेको सार्वजनिक शौचालय शनिबार यहाँका युवाहरुले सरसफाइ गर्दै पुन संचालनमा ल्याएका हुन । युथ अफ लौकहीका संयोजक चन्दन साहका अनुसार कोशी गाउँपालीका वडा नम्बर १ कार्यालयको सहयोगमा युथ लौकहीका युवाहरुले सार्वजनिक शौचालय पुन संचालनमा ल्याएको हो ।

सार्वजनिक शौचालय भएर पनि प्रयोगविहीन हुँदा यात्रु तथा सर्वसाधारण सार्वजनिक स्थानमा शौच गर्नुपर्ने बाध्यता हुँदा आफूहरु सरसफाइ गरेर सार्वजनिक शौचालय पुन संचालनमा ल्याएको संयोजक चन्दन साहले बताए । युथ अफ लौकहीका युवाहरु सार्वजनिक शौचालय संचालन ल्याएकोले शौचालय सरसफाइमा लाग्ने सम्पुर्ण खर्च वडा कार्यालयले तिर्ने कोशी गाउँपालीका १ नम्बर वडा अध्यक्ष राजु साहले बताए ।

तपाईको प्रतिक्रिया