रौतहट । भारतीय लगानीमा रौतहटमा सञ्चालन भएका सबै ठूला आयोजनाको काम अधुरै रहेको छ। समाचारको अनुसार भारतीय दूताबासमार्फत निर्माण हुने ठूला संरचनाको काम अधुरै रहेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको समयमा अधुरा आयोजनाहरु पूरा गर्नेबारे सम्बोधन हुने विश्वास स्थानीयबासीको रहेको छ। भारतीय वाणिज्य दूतावासको सहयोगमा निर्माणाधिन गौरमा रकम अभावमा अलपत्र परेको छात्रावास ।

रौतहटमा भारतको लगानीमा १३ वर्ष पहिले निर्माण सुरु भएर अधुरै रहेको जुद्ध मावि गौरको छात्रावास, मावि पिपरा भलोहियालाई दिने भनिएको भवन तथा निर्माण सुरु भएर बीचैमा रोकिएको मावि पथरा बुधरामको विद्यालय भवन विषय पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा सम्बोधन हुने विश्वास जिल्लाबासीले लिएका छन्।

भारत सरकारको झण्डै दुुई करोड ९५ लाख रुपैयमा ५१ कोठा भएको तीन तल्ले भवन निर्माण कार्य सम्पन्न गर्न काठमाडौको गोर्खा, स्काई र क्यानन कन्ट्रक्सनले जोवाइन्ट भेन्चरमा ठेक्का सकार गरेका थिए। सदरमुकाम गौरमा १३ वर्ष पहिले निर्माण सुरु भएर बीचैमा अधुरा छाडिएको ५१ कोठे तीन तले अत्याधुनिक सेवासुविधा सम्पन्न छात्राबासको संरचना नै भत्किन थालेको छ। विद्यालयको पुरानो छात्राबासलाई भत्काएर २ करोड ९५ लाख रुपैयाको लागतमा २०६४ सालमै निर्माण सकिने गरी थालिएको थियो तर छात्रावासको भवन निर्माण कार्य अधुरै रहेको छ। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया