- दिपेन्द्र यादव

जनकपुरधाम। प्रदेश नं.२ को राजधानी जनकपुरधाममा भोली शुक्राबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि आज बाँकी रहेको काम तथा बजार क्षेत्र सफाईमा तिव्रता दिएको बताएको छ ।

पछिल्लो समय जनकपुर उपमहानगरपालिकाको बजार क्षेत्र फोहोर रहेका कारण छिमेकी मुलुक भारतका प्रम मोदी जनकपुर भ्रमणमा आउने भएपछि तिन वटै तहका सुरक्षाकर्मीहरुलाई सरसफाई गर्न परिचालित गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

धनुषाका प्रजिअ पराजुलीका अनुसार मोदी नेपाल आउँन लगभग १ दिन भन्दा कम समय मात्र बाँकी रहेको छ । भारतीय प्रम मोदी नेपाल आउँनु भन्दा एक दिन अगाडी नै बाँकी रहेको सबै काम सम्पन्न गर्ने भनि बताएको छ । त्यस्तै बजार सरसफाई गर्न लगभग हजारौँको संख्यामा स्थानिय, नागरिक समाज, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया