- मिकाइल आलम

इनरुवा। सुनसरीको कोशी गाउँपालीका ८ भाणटावारीबाट सशस्त्र प्रहरीले ८३ हजार बढीको अवैध समान बरामद गरेको छ । आइतबार साझ भन्सार छलेर भारतीय बजार बाट ल्याइएको ८३ हजार ८ सय बराबरको अवैध समान बिओपी भाण्टावारीका इन्चार्ज गोकर्णराज भट्टराई नेतृत्वको टोलिले बरामद गरेको हो ।

बिओपी सशस्त्र प्रहरी भाण्टावारीका इन्चार्ज भट्टराईका अनुसार भारतीय बजारबाट लुकाइछिपाई ल्याइएको २३ थान पंखा, ८४ थान लेडिज चप्पल बरामद गरी सेतुबन्द भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ । पछिल्लो समयमा सुनसरीको भारतसंग नाका जोडिएको क्षेत्रबाट हुँदै आएको भनिएको तस्करी न्यूनीकरण गर्न प्रहरी सकृय भएका छन् ।

तपाईको प्रतिक्रिया