kejriwal modiनयाँदिल्ली, १ पुस ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीको आदेशमा सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन(सीबीआई) ले आफ्नो कार्यालयमा छापा मारेको दाबी गरेका छन् । बदलामा उनले प्रधानमन्त्रीलाई ‘कायर र मनोरोगी’ भनेका छन् ।यो घटनासँगै प्रचण्ड र बहुमतसहित गत वर्ष निर्वाचित केजरीवाल र केन्द्रीय सरकारबीचको तनाव नयाँ चरणमा प्रवेश गरेको छ । सीबीआईले केजरीवालका मुख्यसचिव राजेन्द्र कुमारविरुद्ध भ्रष्टाचारको मुद्दा लगाउँदै त्यससम्बन्धी छानबिन गर्ने भन्दै छापा मारेको हो ।राजेन्द्रकुमारले दिल्ली सरकारबाट ठेक्का दिलाउन एक कम्पनीमाथि कृपा गरेको भन्ने अभियोग लगाइएको छ । सीबीआईले दिल्ली र उत्तर प्रदेशका १४ स्थानमा तलासी गरिएको, ३ अचल सम्पत्तिका कागजात र कुमारको घरबाट २ लाख ४० हजार बरामद गरिएको जनाएको छ । अाजकाे कान्तिपुरमा समाचार रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया