५ राउण्ड अश्रुग्यास प्रहार

bidhya-nepal

पुष १ जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारी मिथिलाञ्चलको ऐतिहासिक पर्व विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आउन भएपछि मधेसीमोर्चाले जनकपुरमा बिरोध प्रदर्शन गरेको छ ।बिरोध प्रर्दशनको क्रममा प्रहरी र आन्दोलनकारी बिच झडप हुन जनकपुरधामको तनावग्रस्त बनेको छ ।प्रर्दशनकारी उग्र भएपछि प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ ।

janakpur rastrapati

राष्ट्रपति भण्डारी  १२ बजे जनकपुरमा नेपाली सेनाको हेलिकप्टर मार्फत पुगेकी छिन्  ।उनी जनकपुर आउने भएपछि मोर्चाका कार्यकर्ताले बिहानै देखि प्रर्दशनका उत्रिएका हुन ।राष्ट्रपति भण्डारी  १२ बजे जनकपुरमा नेपाली सेनाको हेलिकप्टर मार्फत पुगेकी छिन् उनी संगै  आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।राष्ट्रपतिको भ्रमणको सुरक्षालाई ध्यानमा राखेर जनकपुर वरपरको क्षेत्रमा सुरक्षा व्यबस्था कडा पारिएको प्रहरीले जनाएको छ ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया