aago tapeko

इनरुवा पौष १ /
केहिदिनयताको शितलहर सँगै बढ्दो जाडोलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले स्थानीय चोक चोकमा दाउरा बाल्ने तयारी गरेको छ ।
सुनसरी प्रशासनले इनरुवा नगरपालिका, जिल्ला वन कार्यालय र गाविस कार्यालयलाई जाडोको व्यवस्थापनका लागि आवश्यक कदम चाल्न निर्देशन दिएको हो ।जिल्ला दैवी प्रकोप उद्धार समिति सुनसरीको बैठकले जाडोको समयमा स्थानीय चोकहरुमा दाउरा बाल्ने निर्णय गरेको हो । जसकालागि जिल्ला वन कार्यालयले उपलब्ध गराएका दाउरा इनरुवा नगरपालिकाले सम्वन्धित स्थानहरुमा वितरण गर्ने छ ।
सर्वसाधारणको भिडभाड हुने स्थान लगायतका पाटी पौवाहरुमा समेत आगो ताप्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । यसैवीच निम्न वर्गिय परिवारका लागि न्यानो कपडा वितरणका लागि दाताहरुलाई समेत आव्हान गरिएको छ । दाताहरुबाट संकलिन कम्मल लगायतका अन्य लुगा कपडा आवश्यकताका आधारमा सम्वन्धित क्षेत्रमा वितरण गरिने प्रजिअ रविलाल पन्थले बताउनुभयो ।

तपाईको प्रतिक्रिया