morcha band inaruwa
फाइल फोटो

इनरुवा पौष १ /
सरकारले व्यवस्थापिका संसद मार्फत अघि बढाएको भुकम्प पूर्न निर्माण तथा सविधान संसोधन विधेयक प्रकृया प्रति संयुक्त लोककतान्त्रिक मधेशी मोर्चा सुनसरीले आपत्ति जनाएको छ ।मोर्चाको विरोधका बाबजुत जबरजस्ती उक्त प्रकृया अघि बढाइएको भन्दै मोर्चाले सत्ताधारी दलको उक्त कदम प्रति रोष प्रकट गरेको छ ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरी संयोजक एसएन मेहताले विज्ञप्ती जारी गर्दै सरकारको उक्त कदमप्रति जिल्लामा आन्दोलन चर्काइने बताए । विज्ञप्तीमा भोली इनरुवामा मोटरसाइकल र्याली र विरोध प्रर्दशन गरिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया