Saudi_Land forceसाउदी अरेबिया । साउदी अरेबियाले आतङ्कवादका विरुद्धमा लड्ने प्रयोजनका लागि विभिन्न राष्ट्र सम्मिलित एक सैनिक गठबन्धनको स्थापना गरिएको घोषणा गरेको समाचार छ ।साउदी अरेबियाको नेतृत्वमा निर्मित सो गठबन्धनमा अरेबियाली करिब ३४ वटा देशको सहभागिता रहेको बताइएको छ ।प्राप्त समाचारअनुसार सो गठबन्धनमा अरबका सबैजसो देशहरुहको सहभागिता छ ।

तर यसमा इरानलाई भने समावेश नगरिएको साउदी अरेबियाको सरकारी समाचार समिति, एसपिए समाचार समितिले जनाएको छ । आतङ्कवादका विरुद्धमा आक्रमण तथा कारबाहीका लागि स्थापित सो गठबन्धनका मुख्य कार्यालय साउदी अरेबियामा रहने बताएको छ ।

साउदी अरेबियाको रियादमा रहने सो गठबन्धनले आतङ्कवाद बिरुद्धको सैनिक कारबाहीलाई समन्वय गर्नेछ । उक्त गठबन्धनले सैनिक सहयोग र समन्वयको काम गर्ने जानकारी दिइएको छ ।उक्त गठबन्धनले अरेबियाली देशहरुमा आतङ्कवादका कारण पछिल्लो समयमा उत्पन्न समस्याको समाधानका उपायहरुको खोजी गरी त्यसको समाधानमा काम गर्ने बताइएको छ ।

यस गठबन्धनमा ३४ वटा अरेबियाली मुलुक रहेका छन् भने विश्वका अरुपनि इन्डोनेसियालगायतका १० भन्दा बढी मुस्लिम देशले यस गठबन्धनका लागि सहयोग गर्ने बाचा गरेका छन् ।यस गठबन्धनमा रहेर ती देशहरुले पछिल्लो समयमा आइएसले मच्चाएको आतङ्कका विरुद्धछमा प्रतिवाद गर्नुपर्नेछ । यसअघि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन निर्माण भएको छ र त्यसले आइएसका विरुद्धमा लडिरहेको छ ।त्यस सैनिक गठबन्धनमा फ्रान्स, बेलायत र जर्मनी पनि रहेका छन् । ती राष्ट्रका सेनाले पछिल्लो समयमा आइएसका विरुद्धमा भन्दै सिरियामा हवाई आक्रमण गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया