Zlata-7

वैवाहिक जिवन टुंगिएको पीडा अर्थात् विछोडको पीडा भुलाउने बहाना अनेक हुँदारहेछन् । एकजना रुसी सुन्दरीले विछोडको पीडा भुलाउन आफ्नो जिउलाई नै कच्याक कुचुक पारिन् ।

ज्लाटा भनेर चिनिने २९ वर्षीया जिम्न्यास्टिक खेलाडि जुलिया ग्वेन्थेलले विछोडको पारेको घाउमा मलहम लगाउने बहानामा निकै अनौठो तस्वीर श्रृंखला सहितको क्यालेन्डर प्रकाशन गरेकी छिन् ।

उनले यी तस्वीरहरुमा आफ्नो जिउलाई यसरी भाँचेकी छिन् की ती देख्दा बनाबटी जस्ता लाग्छन् र यदि सत्य हो भने त्यो जिवविज्ञानकै नियमको उल्लंघन हो भन्ने ठम्याइ गर्नुको विकल्प हुँदैन ।

हालै आफ्नो लोग्नेसँग पारापाचुके भएपछि पीडामा परेकी ज्लाटाले धोका दिनेलाई समर्पण गर्दै १२ थान तस्वीर सार्वजनिक गरेकी हुन् जसमा उनको जिउ साँच्चीकै रबर जस्तै लचकदार पारिएको छ । उनले आफ्नोे जिउलाई अगाडि पछाडि, जतापनि मोड्न सक्छिन् । खुट्टालाई टाउकोमाथि राखेर अनौठो एक्रोब्याटिक कला प्रस्तुत गरेकी छिन् । कतिपय पोजमा उनी साँच्चीकै ग्लामरस देखिएकी छिन् भने एउटा निर्वस्त्र पोज दिएकी छिन् ।

पारापाचुके पछि आफुले आफ्नो ख्याति लाई महत्व दिनका लागि क्यालेन्डरको सहारा लिएको उनी बताउँछिन् ।

अहिले जर्मनीमा बस्दै आएकी ज्लाटाको नाम गिनिज बुकमा पनि लेखिइसकेको छ । उनले आफ्नो जिउलाई ५० वर्गसेन्टिमिटरको बाकमा अटाएर विश्वकिर्तिमान राखेकी हुन् ।

हेरौँ सामानय मानिसले कल्पना सम्म गर्न नसकिने र विज्ञानलाई नै चुनौति दिने ज्लाटाका केही लचकदार पोजहरुः

Zlata-6

Zlata-5

Zlata-3

Zlata-1

Zlata

 

तपाईको प्रतिक्रिया