इस्लामावाद (पाकिस्तान), २३ असोज । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शनिबार इस्लामावाद अफगान तालिवानी विद्रोहीलाई शान्ति वार्तामा ल्याउन पहल गर्न तयार रहेको बताउनुभएको छ । गएको जुलाईमा पाकिस्तानी पहलमा अफगानी विद्रोही (तालिवान समूह) का प्रतिनिधि तथा अफगानी सरकारका प्रतिनिधिबीच एउटै टेबलमा राखी छलफल गराइएको थियो ।
दोस्रो चरणको वार्ता जुलाई ३१ मा हुने कार्यक्रम रहेको थियो । तर तालिवान समूहद्वारा आफ्ना नेता मुल्ला ओमारको मृत्यु भएको आधिकारिक घोषणासँगै दोस्रो चरणको शान्ति वार्ता हुन नसकेको, प्रधानमन्त्री सरिफले बताउनुभयो ।

हामीले तालिवान नेताहरुलाई खुला वार्तामा बस्न धेरै प्रोत्सान ग¥यौँ । तर मुल्ला ओमारको मृत्युको खबर सार्वजनिक गरियो । यसपछि वार्ता हुन सकेको छैन, सरिफले थप्नुभयो । “ओमारको मृत्युको खबरले शान्ति प्रक्रियाका लागि गरिएको पहलमा नकारात्मक मोड लिन पुग्यो, पाकिस्तानको लाहोरमा भएको एक पत्रकार सम्मेलनमा सरिफले भन्नुभयो ।

अहिले दुई दिनपछि हुने दोस्रो चरणको वार्ता कहाँ हुँदैछ यसलाई सार्वजनिक गर्नु ठीक नहोला तर वार्ताको कार्यक्रम तयार भएको बताउनुभयो ।  वार्ता हुन नसकेपछि केही दिनमै तालिवान समूहद्वारा अफगानी बस्तीहरुमा आक्रमण बढाएपछि अफगानी राष्ट्रपति असरफ घानीले पाकिस्तानको पहलमा भएको वार्तालाई भङ्ग गरेको घोषणा गर्नुभएको थियो ।
घानीले वार्ताका लागि पाकिस्तानी सहयोग नलिने पनि बताउनुभएको थियो ।

त्यस्तै तालिवानका नयाँ नेता मुल्लाह अख्तर मन्सुरले इस्लामहरुको ठूलो चाड इद–अल–आदाको अवसरमा गएको महिना देशबाट विदेशी सुरक्षाफौजलाई नहटाएसम्म वार्ता स्थगित रहने बताउनुभएको थियो ।

साभार : पुर्वेली न्युज

 

तपाईको प्रतिक्रिया