baby-boy-born-with-limbs-

एजेन्सी–भारतको तमिलनाडुमा एक अनौठो बच्चाको जन्म भएको छ । गएको २५ नभेम्बरमा तमिलनाडुको पेरुगोपानापल्ली गाउँकी एक स्थानिय २४ बर्षीया महिलाले यस्तो बच्चाको जन्म दिइन्, जसको एउटै टाउको तर चार वटा हात र चार वटा खुट्टा छन् ।दुई खुट्टा र दुई हात एकअर्कामा पेटको माध्यम भएर जोडिएका छन् । हाल, उक्त बच्चालाई थप उपचारका लागि चेन्नाईको इन्स्टीट्युट अफ चाइल्ड हेल्थ (आईसीएच)मा भर्ती गरिएको छ । बच्चाको अतिरिक्त हात र खुट्टालाई शल्यक्रिया गरेर काटिने बताइएको छ ।महिलाले एक सरकारी अस्पतालमा उक्त बच्चाको जन्म दिएकाले स्वास्थ्य अवस्थालाई हेरेर शिशु जन्मेको केही समयपछि नै चिकित्सहरुले पर्याप्त उपचारका लागि नीजि अस्पताल आईसीएचमा रिफर गराएका थिए ।

 

तपाईको प्रतिक्रिया