congres inaruwa

इनरुवा पौष २/
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराई मधेशमा जारी आन्दोलन अराजकता उन्मूख हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।सुनसरी काँग्रेसले सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यक्रममा पुगेको उपसभापति पौडेलले आन्दोलनका नाममा अराजकता मौलाउने खतरा बढेको प्रति चिन्ता व्यक्त गरेका हुन् ।
पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले मधेश केन्द्रित आन्दोलनका जायज मुद्धा सम्बोधनका लागि सरकार तयार रहेको भन्दै नेपाली काँग्रेस समेत जायज मागका सन्दर्भमा सकारात्मक भएर सहयोग गर्न तयार रहेको बताए । उनले सीमाङ्गकनको मुद्धाका विषयमा सम्वन्धित क्षेत्रका जिल्लाबासीको राय बुझ्नु अनिवार्य रहेको धारणा राखे । सुनसरी, मोरङ र झापाका सन्दर्भमा राजनैतिक दवावमा परी निर्णय लाद्नु दुर्भाग्यपूर्ण हुने भन्दै पौडेलले सो क्षेत्रका सर्वसाधारण जनताको राय बुझ्न आवश्यक रहेको औल्याए । एउटा क्षेत्रका जनतालाई अर्को क्षेत्रमा गाभ्दा दुवै क्षेत्रका जनताको राय मिल्न नसके समस्या थप जटिल हुने नेता पौडेलको भनाई थियो ।

DSC01964
पौडेलले जारी मधेश आन्दोलनले जनतालाई सास्ती थोपरेको भन्दै मधेशी मोर्चाका नेताको नीजि स्वार्थका कारण आन्दोलन लम्बिँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको आरोप लगाए ।नेपाली काँग्रेस सुनसरीले आयोजना गरेको कस्तो बन्यो संविधान , सद्भाव र एकताको अभियान विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले वर्तमान सरकारको समेत कामकार्वाही प्रति असन्तुष्टि व्यक्त गरे । उनले आन्दोलनलाई संयम बनाउनका लागि सरकारी संयन्त्रले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

इनरुवा स्थित रहेको बाल मन्दिर निमाविमा कडा सुरक्षाका वीच कार्यक्रम आयोजना भैरहँदा मोर्चाले भने कार्यक्रम स्थल बाहिर नेता पौडेलको विरोधमा नाराबाजी गरेको थियो । विहानैदेखी काँग्रेसको सो कार्यक्रम विथोल्ने प्रयास गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सडकमा टायर बालेर प्रर्दशन समेत गरेको थियो । पौडेल उपस्थित कार्यक्रम जारी रहँदा मोर्चाका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा प्रर्दशन गरेका थिए । मोटरसाइकल र्याली निकालेर बजार परिक्रमा पश्चात कार्यक्रम स्थल प्रवेश गर्न खोजेका मोर्चा नेता तथा कार्यकर्ताहरुलाई ससस्त्र र जनपथ प्रहरीले बाटोमै रोकेको थियो । सो क्रममा सामान्य बादविवादको अवस्था सीर्जना भएपनि दुवै पक्ष्यले संयमता अपनाएकाले कुनै अप्रिय घटना भने हुन पाएन् ।

तपाईको प्रतिक्रिया