Chinaकाठमाडौं, २ पुस- चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ पठाउने भएको छ । चीनसँग इन्धन लगायतका अन्य व्यापार सम्झौताका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ पठाउन लागिएको स्रोतले जनाएको छ । यहि पुस ८ गते बुधबार अर्थात २३ डिसेम्बरमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ जाने तयारी भएको स्रोतले जनाएको छ । टोलीमा अर्थ, वाणिज्य तथा आपूर्ति, कानुन मन्त्रालय लगायतका सम्बद्ध निकायका उच्च अधिकारीहरु सहभागी रहनेछन् । यो प्रतिनिधि मण्डलले उर्जा सम्बन्धी सम्झौता भने चीनसँग गर्ने छैन ।

तपाईको प्रतिक्रिया