jojbani-kakadvitta-nakaबुटवल ३ पूस । मंसिर २९ गते दिउँसो दुई दर्जन मधेसी मोर्चाका कार्यकर्ता नारा लगाउँदै नाका अवरुद्द गर्न सीमावर्ती बेलहिया पुगे । नाराबाजी सुरुभएलगत्तै प्रहरीले फोरम नेपालका जिल्ला अध्यक्ष एवं मधेसी मोर्चाका जिल्ला संयोजक महेन्द्र यादव र तमलोपाका जिल्ला अध्यक्ष अजय बर्मालाई पक्राउ गर्यो । आन्दोलनकारी तितरबितर भए । १० मिनेटमै नाका खुल्यो ।

इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार मंसिर २० गते पनि नाका अवरुद् गर्न आएका आन्दोलनकारीमध्ये केही पक्राउ परेपछि अरु तितरबितर भएका थिए मंसिरमा दुई दिनबाहेक आन्दोलनकारीले कुनै प्रदर्शन गरेनन् । नाकामा कुनै अवरोध भएन । आन्दोलनकारीले नाकामा कुनै अवरोध नगरे पनि भारतीय पक्षले मालवाहक गाडी भने नियमित पठाएका छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया