nepal-china-काठमाडाैं, पुस ४ । उपप्रधानमन्त्रीको चीन भ्रमणमा इन्धन खरिद सम्झौता टुंगो लाग्ने दाबी एक अधिकारीले गरे । तर, त्यसको मोडालिटी भने उच्च स्तरको छलफलमै तय हुने भएको छ । छिंगाई प्रान्तमा रहेको पेट्रो चाइनाको रिफाइनरीबाट ल्हासासम्म आएको इन्धनको पाइपलाइनबाटै नेपालले इन्धन लिने सहमति जुट्ने भएको छ ।

नेपालको सीमाबाट १८ सय ५० किलोमिटर टाढा रहेको रिफाइनरीबाट ल्हासासम्म पाइपलाइन र त्यहाँबाट रेलमा सिगात्सेसम्म आएको इन्धन तातोपानी र रसुवागढी नाकाबाट भित्र्याउने गरी सहमति गर्ने तयारी नेपालको छ ।

सबै प्रकारको इन्धन ल्याउन सक्ने भए पनि ग्यास भने चीनले तत्काल दिन नसक्ने जानकारी दिइसकेको छ । इन्धन साधारण तवरले खरिद गर्दा पनि नेपालले हाल खरिद गरेको मूल्यभन्दा खासै महँगो नपर्ने भएकाले त्यसमा काम भइरहेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया