balak४ पुस, मोरङ।शुक्रबार बेलुका मोरङको टङ्कीसिनुवारी शान्तिचोकबाट भारततर्फ बेचबिखन गर्न लग्दै गरेको अवस्थामा प्रहरीले चार बालकको उद्धार गरेको छ ।
 सुनसरी जिल्लाको बराह क्षेत्र गाविसबाट एक अपरिचित व्यक्तिले अण्डा उठाउने काम लगाई दिने भन्दै बसमा चढाएर भारत जाँदै गरेको सुनसरीको महेन्द्रनगर–६ का ११ वर्षीय किरन माझी, सोही ठाउँका १० वर्षीय राहुल माझी, उदयपुर ठोक्सीला गाविस–१ का १२ वर्षीय विक्रम माझी र सोही ठाउँका १० वर्षीय झनक माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेल जानकारि दिनुभयो।
प्रहरीले उद्धार गरेका चार बालकलाई विराटनगरस्थित बाल हेल्पलाइनमा राखिएको र उनीहरुलाई परिवारको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया