karuna kunwarकरुणा कुँवर, पेशाले मनोविद् हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि उनी नेपालीहरुको मनोविज्ञान अध्ययन गर्नेमा तल्लीन छिन् । त्यसमा पनि उनले पारिवारिक तनावका विषयमा पनि अध्ययन-अनुसन्धान गरिरहेकी छिन् । अहिले नेपाली समाजमा बढ्दैं गएको ‘एक्स्ट्रा म्यारिटल अफेयर’ बारेमा अनुसन्धान गरिरहेकी कुँवरले नेपालीहरुको प्रेम, यौन, लिभिङ टुगेदरलगायतका विषयमा कुरा गरेकी छिन् । नेपालीहरुको यौन जीवन सुखद् नरहनुका कारणहरु खोतलेकी उनले बेलायत, अस्टे्रलिया, अमेरिका, जापानलगायतका सम्पन्न मुलुकहरुमा पुग्ने नेपाली युवायुवतीहरुको लिभिङ टुगेदर समस्याग्रस्त बन्नु कारण समेत उल्लेख गरेकी छिन् । लिभिङ टुगेदरमा समस्या आउनुको कारण नेपाली युवाको ‘भर्जिन केटी’सँग मात्र विवाह गर्नुपर्छ भन्ने मानसिकता एउटा महत्वपूर्ण कारण रहेको बताएकी उनले पारिवारिक, सामाजिक र साँस्कृतिक कारणले पनि यसलाई असफल बनाएको उल्लेख गरेकी छन् ।

 

सेक्स भन्ने बित्तिकै सबै तरिका एउटै हुनुपर्छ भन्ने पनि होइन । त्यस्तो हुँदैंन । त्यसमा धेरै ‘भेराइटिज’ हुन्छ । मान्छेका रोजाई फरक हुन्छन् । यस्ता कुरा एकअर्काले बुझेका छैनन् भने त्यसैले समस्या ल्याउँछ ।

महिलाले पनि यौन सम्पर्क भनेको खाना, निन्द्रा, पानी जस्तै महत्वपूर्ण कुरा हो भन्ने बुझ्नुपर्छ । यो जैविक आवश्यकता हो र प्राकृतिक रुपमा प्राप्त छ भन्ने कुरा बुझ्नुपर्छ । रुची छैन मात्रै भन्दा त्यही कुरा रिस, तनावको रुपमा देखापर्छ ।

लिभिङ टुगेदर भनेको त वास्तवमा कस्तो हो भन्दा सुरक्षाका लागि नै उसले बन्दोबस्त गरेको कुराहरू हो । एउटा खुशी पनि हो, एउटा सुरक्षा पनि हो, एउटा माया पनि हो । मनोवैज्ञानिको रुपमा भन्ने हो भने म सेक्सलाई अन्तिममा राख्छु ।

सेक्स भनेको लभ त हो नि । वास्तवममा बेश्यावृत्ति हुने सेक्स मात्र फरक हो । पार्टनरसीपमा हुने सेक्स भनेको लभ हो । अंग्रेजीमा त्यही भएर यसलाई ‘लभ मेकिङ’ पनि भनिन्छ ।

उनीहरु हाम्रो सँस्कृतिभन्दा फरक छन । त्यसकारण लिभिङ टुगेदरको परिभाषा पनि फरक छ । नेपालीहरूको लिभिङ टुगेदर त्यस्तो होइन् । नेपालीहरू यूरोप, अमेरिका, लण्डन, अस्टे्रलिया, जापान जहाँ पनि दुवैको सुरक्षाको लागि लिभिङ दुगेदर बसेको देखिन्छ ।

नेपाली संस्कृतिमा रहेर लिभिङ टुगेदर गरिदैं छ भने म के गर्दैछु भन्ने कुरामा एकदमै स्पष्ट हुन आवश्यक छ । म भोलि यही पार्टनरसँग रहि रहन्छु वा रहदिन ? त्यो कुरामा स्पष्ट हुनुपर्छ । रहनैपर्छ भनेर लिभिङ टुगेदर गर्नुपर्छ भन्ने हैन तर छोडी सकेपछि चाहिँ यसले मलाई छोड्यो वा उसले मलाई छोड्यो भन्ने विषयमा चिन्ता लिनु भएन । छुटेपछि ट्रयाजेडी किङ वा क्वीन भएर बस्ने खालको सम्बन्धमा जानु भएन ।

तपाइँको सेक्सुवालिटीले सेक्स निर्धारण गर्छ । कसैले अग्लो काले हृयाण्डसम भन्ला । कसैलाई गोरो चिटिक्क परेको मंगोलियन फेश मन पर्ला । त्यो भनेको तपाइँ भित्रकै ओरियन्टेशन हो । त्यसलाई भनिन्छ ‘सेक्स ओेरेन्टेशन ।’

अहिले सबैले भन्छन्, अन्डरस्ट्यान्डिङ आदि इत्यादि । त्यो चाहिँ सफिसियल एन्सर हो । यदि भित्रबाट हेर्‍यो भने फरक हुन्छ । मन परेको मान्छे भन्दा अर्कोले धेरै लभ, अन्डरस्ट्यान्डिङ, केयरिङ गरेपनि त्यही मान्छे मन पर्छ ।

 

कस्ता जिज्ञाशाहरू आउँछन् ?
एकदम सामान्य रुपमा आउने विषयहरू छन । पुरूषहरूमा शीघ्र स्खलनको समस्या धेरै आउँछ । महिलामा ड्राइनेशको समस्या बढी देखिन्छ । तर, उनीहरूको समस्याको अवस्था चाहीँ फरक हुन्छ । हरेक मानिसको समस्याको कथा फरक हुन्छ ।

पुरूषको कुरा गरौं, कस्तो खालको शीघ्र स्खलनको समस्या आउँछ ?
विभिन्न खालका समस्या आउँछ । म तपाइँलाई एक दुईवटा विषय जोडिदिन्छु । के छ समस्या भनेर सोध्यो भने शीघ्र स्खलन हो भन्छ । हिजो मात्रै आएको एउटा समस्या २२ वर्षको केटाको छ । भन्छ, मलाई ‘एज्याकुलेट’ हुँदैन । त्यस्तै अर्को एउटा मान्छेको पनि ‘एक्जाकुलेट’कै समस्या थियो । उहाँ चाहिँ विवाहित हुनुहुन्थ्यो । विवाह भएको १० वर्ष भयो भन्नुहुन्थ्यो । १० वर्षदेखि नै इज्याकुलेशन भएको रहेनछ ।

‘इज्याकुलेशन’ भनेको के हो ?
इरेक्सन नहुने । सुरूमै एराउजलजस्तो हुने । सम्बन्ध राख्दाखेरि ‘स्टे्रट’ हुनुपर्‍यो । त्यो चाहिँ नहुने । ‘इरेक्सन’ भनेको नेपालीमा चाहिँ भन्न पनि मलाई अलि गाह्रो पर्‍यो । आउँदैंन है । तर, भन्न खोजेको कस्तो भने एउटा महिला देखेपछि पुरुषको जस्तो ‘सेक्सुवालिटी’ हुुनुपर्ने हो भने त्यो नहुने । पुरूषको लिङ्ग नउठ्ने । हिजो आएको २२ वषर्ीय केटाको ६ महिनादेखि त्यो समस्या थियो । अघिल्लो केश चाँही १० वर्षदेखिको । उहाँको चाहिँ ‘एडल्ट’ हुँदा पनि कहिल्यै यौन इच्छा भएन रे । हेल्दी सेक्सुवालिटी कस्तो हो भन्ने कुरा उहाँले बुझ्नै पाउनुभएको रहेनछ । विहेपछि पनि समस्या उस्तै । विभिन्न खालको उपचार गराउनुभयो । तर, १० वर्षसम्म पनि यौन सम्पर्क हुन नसकेपछि उहाँहरूको कुरा बच्चा भएन भन्नेमा पुग्यो । श्रीमतीलाई पनि यौनमा सन्तुष्ट छैन भन्नुभन्दा पनि बच्चा हुँदैंन भन्ने कुरा उठाउन सजिलो भयोे । उहाँहरू मारवाडी परिवारको हुनुहुन्थ्यो । यही कारण पछि श्रीमतीले छाडेर जानुभयो ।
हिजो आएको २२ वर्षीय भाइको चाहिँ ६ महिना अगाडि देखिको समस्या थियो । यस्तो समस्या लिएर धेरै जना आउनुहुन्छ । धेरैमा यस्तो समस्या छ ।
१० वर्ष लामो समस्या हेर्दा उनीहरुको साँस्कृतिक मान्यताको कारण देखिन्छ । महिला वा पुरूषलाई यौन शिक्षाको अभाव देखिन्छ । सानैदेखि यौन शिक्षा आवश्यक पर्छ । मानौ, एउटा छोरा मान्छेले सानै उमेरमा वयस्कको भूमिका देखायो भने परिवारले ‘तिमी सानै छौं । तिमी बच्चै छौं’ भन्छ । उसको यौन इच्छा दबाउने खालका कुरा हुन्छ । यौनका विषयलाई लगेर लाजसँग जोडिन्छ । ‘तिमीले यो कुरा खुलेर भन्नु हुँदैंन’ भनिन्छ । यसरी दबाएपछि त्यसलाई लाजको कुरा हो भन्ने उसले बुझ्छ । यस्तो बुझाई लिएर कुनै बालक वयस्क भयो भने उ ‘सेक्सुअल्ली हेल्दी’ हुन सक्दैन । त्यो दश वर्षदेखिको समस्यामा साँस्कृतिक मान्यताको प्रभाव बढी देखिन्छ । मानौ एउटा कोठामा श्रीमान श्रीमती छन र अर्को कोठामा छन । यहाँ श्रीमतीसँग बस्दा पनि वुवाआमाले थाहा पाइसके भन्ने भावना आउँछ । यस्तै कारणले उसको दश वर्ष यत्तिकै बितेको देखिन्छ ।
अर्को ६ महिनावाला केशमा चाहिँ केटा केटी एकदमै परिपक्व छन् । उनीहरूबीच तीन वर्षको अफेयर छ । अफेयर भयो विदेश पढ्न गयो । फेरि आयो एकछिन भेट्यो फेरि विदेश । उनीहरु सामीप्य नै हुन पाएनन । अहिले चार महिना लामो छुट्टीमा उ आएको रहेछ । चार महिनामा उसको गर्लप|mेण्डसँग एकदमै इन्टीमेशी भएछ । यसबेला उसले के पत्ता लगायो भने केटी उसको रोजाईभन्दा एकदमै फरक रहिछ । हुक्का खाने, रेष्टुरेण्ट र क्लब जाने । त्यो उसको चाहनाको विषय भएन । यही कारण महिला पुरुषबीच हुने आकर्षण उनीहरुमा भएन । यही कारण उसले मेरो ‘इरेक्सन’ हुँदैंन भनेको रहेछ । अर्कोतर्फ, भविष्यको निकै चिन्ता पनि रहेछ । भविष्यका लागि उसले तीनवटा विषय एकदमै महत्वपूर्ण ठान्यो । उसले तीनवर्षदेखि जोसँग विवाह गर्छु भन्ने सोचाइ थियो, अहिले विस्तारै अप्ठ्यारोमा परिरहेको छ । अर्को बुवाको अवकास हुँदै रहेछ । बुवा पछाडि त मैले कमाउनुपर्छ । कमाएन भने परिवार अप्ठ्यारोमा पर्न सक्छ । बुवा चाहिँ दमको रोगी हुनुहुन्छ । उहाँलाई मैले प्रेसर दिनुहुँदैंन् । तेस्रो कारण, कलेजमा एकदमै राम्रो पढ्ने मान्छे त्यही स्टे्रशको कारण तीन पटक असफल भएको रहेछ । यी दुवै उदाहरण मात्रै हुन । एउटा साँस्कृतिक र अर्को सामाजिक मान्यताको कारण आएको समस्या ।

तपाईंको अनुसन्धान र विश्लेषणबाट नेपालीहरूको कस्तो सेक्सुअल समस्या छ ?
मेरोमा आइपुगेका मानिसका समस्यामा मेडिकल रुपमै अप्ठ्यारो भएको होइनन् । मेडिकल उपचार गर्नुपर्ने समस्या मैले भेटेको छैन । मैले हेर्ने दृष्टिकोण फरक पनि हुन सक्ला । २२ वर्षेवाला भाई पनि डाक्टरकोमा गएर आउनुभएको मान्छे हो । पहिलेको मान्छे नयाँदिल्लीदेखि थाइल्याण्डसम्म जचाएर आउनुभएको हो । एकदमै धेरै खर्च गर्नुभएको रहेछ ।
अहिलेसम्म मैले देखेको यौन सम्बन्धमा मनोवैज्ञानिक असर बढी पाएको छु । उसको र पार्टनरको सिकाइमा के फरक छ ? उनीहरुले एकअर्कामा के खोजिरहेका हुन्छन् ? उसको सन्तुष्टी के हो ? हरेक मान्छेको आवश्यकता फरक हुन्छ । सेक्स भन्ने बित्तिकै सबै पद्धती एउटै हुनुपर्छ भन्ने पनि होइन । त्यस्तो हुँदैंन । त्यसमा धेरै ‘भेराइटिज’ हुन्छ । मान्छेका रोजाई फरक हुन्छन् । यस्ता कुरा एकअर्काले बुझेका छैनन् भने त्यसैले समस्या ल्याउँछ ।

सरसर्ती हेर्दा नेपाली पुरूष र महिलामध्ये कति प्रतिशतमा यस्तो समस्या होला ?
मैले हेरेका केशहरूका आधारमा भन्नेहो भने ५०/५० प्रतिशत नै छ । महिला र पुरूषहरू दुवैको बुझाईं समान छ । जस्तो पुरुषहरुले एकदम जानेका छन्, महिलाले जानेकै छैनन भन्ने होइन । महिलाहरुले केही कम बुझेका छन । पुरूषले पनि नबुझेको केशहरु छन् । सामान्य कुरा नै थाहा नपाइरहेको हुन्छ । जस्तो, पुरुषले महिलाको इच्छा के छ, उसँग ‘फोर प्ले’ एकदमै इम्पर्टेन्ट छ भन्ने कुरा बुझिदिएको हुँदैंन । अलवेज दु दी प्वाइन्टमा त्यो कन्टेक्टमा मात्र जम्प गर्‍यो भने सेटिस्फाइड हुँदैंन । त्यसैले ‘फोर प्ले’को कुरा एकदमै इम्पर्टेन्ट कुरा हो ।
त्यसैगरी, महिलाले पनि यौन सम्पर्क भनेको खाना, निन्द्रा, पानी जस्तै महत्वपूर्ण कुरा हो भन्ने बुझ्नुपर्छ । यो जैविक आवश्यकता हो र प्राकृतिक रुपमा प्राप्त छ भन्ने कुरा बुझ्नुपर्छ । रुची छैन मात्रै भन्दा त्यही कुरा रिस, तनावको रुपमा देखापर्छ । यो विषयमा एकअर्कामा चर्चा हुन जरूरी छ ।

कतिपय पुरूषको तत्कालीन आवश्यकता सेक्स हुन्छ त्यही कारण उ प्रेम गर्छ भनिन्छ नि ? यही सन्दर्भमा तपाईंले त्यसो भन्नुभएको हो ?
होइन् । त्यो फरक हो । अघि मैले गरेको कुरा लामो समयको सम्बन्धमा पनि आएको समस्या हो । तपाइँले अहिले दिनुभएको उदाहरण चाहिँ छोटो समयको सम्बन्धको लागि होला । जहाँ उसको आवश्यकता भनेको सेक्स नै हो । कोही मान्छेको आवश्यकता नै सेक्स हो भने त्यो यौन शोषणमा जान्छ । यस्तो कुरा सेक्स वर्करकोमा हुन्छ । उसले त्यहाँ गएर म तिमीसँग प्रेम गर्छु भन्दैन् । मलाई यो सुविधा चाहियो देउ भन्ने खालको कुरा हुन्छ ।
हरेक मानिसको आवश्यकता फरक हुन्छ । अहिले तपाइँले बजारमा हेर्नुभयो भने सेक्स वर्करसँगको संगत गर्ने मान्छेहरू कोही विविधता खोज्छन । हरेक दिन फरक-फरककोमा पुग्छन । कोही एउटै मान्छेसँग सधैभरि रहिरहन्छ तर, श्रीमतीको रुपमा होइन । तपाइँले भनेको एक खालको मान्छे हुन सक्छ । जसले जे आवश्यकता हो त्यही भन्छ । आफ्नो आवश्यकता पूरा गराउँन खोज्छ ।

अहिलेको युवापुस्ताको यौन मनोविज्ञान कसरी अध्ययन गरिरहनु भएको छ ? उनीहरूको प्रेमप्रतिको मनोविज्ञान के छ ?
मैले एकदमै युवा पुस्ताको बारेमा बुझ्ने मौका अझै पाएकी छैन । तर, अझै सेक्सका बारेमा खुलेर कुरा गर्नु हुँदैंन भन्ने नै छ । मसँग काउन्सिलिङका लागि आएका मानिसले विभिन्न पक्षका कुरा गर्छन तर, सेक्सका बारेमा खुलेर कुरा गर्दैनन् । पार्टनर वा गर्लफ्रेण्ड ब्वाइपफ्रेण्ड नै छ भने पनि यौन सम्बन्ध भएको छ कि छैन भनेर सोध्यो भने १/२ पटक भन्छन् । होइन भने, किसिङ वा हगिङसम्म गरेका छौ भन्ने खालको कुरा गर्छन् । खुल्न पनि चाहेको छ तर, खुल्न खोज्दा साँस्कृतिक रुपमा बाधिएका पनि छन् ।
एक दुई पटक भनेपछि मैले संकेत पाइहाल्छु । उनीहरुको यौन सम्बन्ध छ । उनीहरु यौन सम्बन्धको कारण समस्या भइरहेको छ भन्दैनन् । अधिकांश मान्छे अरू खालका समस्या लिएर आउँछन् । हिजो आएको मान्छेले मात्रै होला मसँग प्रस्टसँग कुरा गरेको । त्यसरी प्रस्टसँग कुरा गर्ने त निकै कम मात्रामा हुन्छन् । कोही मेरो पढाइ बिगि्ररहेको छ भन्छ । कोही रातभर निन्द्रा लाग्दैंन भन्छ । अर्को पक्षबाट कुरा गरिरहेको हुन्छ । विवाहित जोडी आए भने चाहीँ खुल्छन् ।
उनीहरूलाई खुल्न गाह्रो छैन् । कतिपय मान्छे आउँदा हामी त डिभोर्स गर्ने अवस्थामा पुगिसक्यौं । तपाईं चाहिँ अन्तिम बिन्दु हो । हाम्रो काउन्सिलिङ गरिदिनुस् भन्छन् । उनीहरुको झगडा परिरहेको हुन्छ । सुरुमा चाहीँ फरक समस्या देखाउँछन् । निकै समयपछि उनीहरूसँग सेक्स सम्बन्धि कुरा हुन्छ । कसैको श्रीमानको एकदमै बढी ‘सेक्सुअल एक्टीभिटिज’ भएको पाइन्छ । कसैको यौन सम्पर्क नै नहुने हुन्छ । फरक फरक खालका समस्या आइरहेका हुन्छन ।

कतिपयले सेक्स ‘घटिया’ लाग्छ भनेर भन्छ किन होला यस्तो ?
त्यो साँस्कृतिक मान्यता नै हो । अहिले हामीले पनि बुझेर, सिकेर आएका पनि त्यही छौं होला । हामी सानै छँदादेखि नै त्यसलाई ब्यक्त गर्न पाइएन । व्यक्त गर्दा राम्रो मानिएन । एउटा मान्यता ठीक हो भन्दै त्यसैलाई विश्वास गरेर बस्ने पनि त छन नि । हामी चाहीँ केही फरक भयौ । सिक्दै गयौं । यो विषयमा चर्चा गर्नुपर्छ, अरूलाई सिकाउनुपर्छ भन्ने लाग्यो । संस्कृति, मान्यता , घरको वातावरण, अभिभावकहरुले दिने शिक्षा राम्रो नहुँदा कतिपय अपराधिक घटना भइरहेका छन । यस्ता कुरालाई हामीले बुझ्न जरूरी छ । क्राइम कसरी हुन्छ भन्ने कुरा ? ‘बलात्कारीले बलात्कार किन गर्छ ? यो बुझेपछि पिडकमा पनि पीडा रहेछ भन्ने थाहा हुन्छ । एकदमै कुण्ठा हुन्छ । त्यो भनेको एक किसिमको मानसिक रोग हो । उसको समयमै उपचार गरिएन भने त्यो क्रम जारी रहन्छ । त्यसलाई त बलात्कार भन्दा पनि मानसिक रोगको रुपमा हेरिनुपर्ने हो । मान्छे मानसिक रूपमा समस्याग्रस्त छ भने उसमा सजाय पाउँछु भनेर सोच्ने शक्ति नै हुँदैंन । जसका कारण उसले अपराध गर्न छाड्दैन । कसैलाई सजाय दिएर रोकिने कुरा यो होइन ।

नेपालीहरूको यौन जीवनमा साँस्कृतिक मान्यताले वर्चश्व कायम गरेको कारण समस्या निम्त्याएको बारेमा चर्चा गरिहेका छौं । त्यो कति प्रतिशत होला ?
प्रतिशतमा हेर्ने हो भने अनुसन्धान नै गर्नुपर्ला । मलाई लाग्छ यो निकै बढी छ । तपाईं हामीलाई लाग्छ काठमाडौंमा बसेकाहरूमा त छैन् होला । यसो हेर्दा खुलेको जस्तो पनि देखिन्छ तर भित्री रूपमा खुलेको पाइदैंन । शहरी र ग्रामीण दुवैतिर समस्याहरू उस्तै छन् ।

विदेशमा गएपछि नेपालीहरू चाँडैं लिभिङ टुगेदरमा बस्छ किन ?
त्यसका धेरै पक्षहरु छन । लिभिङ टुगेदर वा विदेशमा जाने पुरूषहरूका महिलाहरूले अर्को प्रेमी राख्नु चाहिँ यौन इच्छालाई लिएर मात्रै होइन । मान्छेले जत्ति नै मेहनत गरे पनि, जत्ति नै पैसा कमाएपनि उसले भित्रबाट खोजिरहेको कुरा चाँहि हृयाप्पीनेश हो । खुशीको परिभाषा मान्छेअनुसार फरक हुन्छ । मौखिक रूपमा भनिने हृयाप्पीनेशको एउटा परिभाषा होला । तर, तपाईंको आत्माले खोजिरहेको परिभाषा फरक हुन्छ । दुई जनाको सामिप्यता भयो र मलाई बुझ्ने मान्छे एकजना छ भन्ने हुँदा एउटा सुरक्षाको महसुश हुन्छ । त्यही खुशी होला । त्यो घनिष्ठताले खुशी दिन सक्छ । यसो सुम्सुम्याए माया गरेजस्तो गर्दा पनि उसलाई खुशी महसुस भएको हुन सक्ला । यस्तै कारणले गर्दा ‘एक्स्ट्रा म्यारिटल अफेयर’ हुने हो । विदेशका मानिससँग पुरूषको होस वा महिलाको अफेयर हुने हुन्छ ।
अर्को कुरा चाहिँ लिभिङ टुगेदरमा जाने सम्भावना पनि हुन्छ । लिभिङ टुगेदर भनेको त वास्तवमा कस्तो हो भन्दा सुरक्षाका लागि नै उसले बन्दोबस्त गरेको कुराहरू हो । एउटा खुशी पनि हो, एउटा सुरक्षा पनि हो, एउटा माया पनि हो । मनोवैज्ञानिको रुपमा भन्ने हो भने म सेक्सलाई अन्तिममा राख्छु ।
गाउँमा हेर्ने हो भने १४/१५ वर्षमा विहे गर्छन् । एकदमै ढिलो भनेको १८/१९ वर्षमा विहे हुन्छ । यो उमेरमा धेरैको विहे भइसक्छ । विहे गर्ने बित्तिकै विदेश जाने क्रम सुरू हुन्छ । बीचमा स्वदेश आएको बेलामा गर्भवती हुन्छ, एउटा बच्चा पाउने क्रम सुरू हुन्छ । यसरी हेर्दा उनीहरु श्रीमानसँग १० वर्षमा तीन महिना जति सँगै बसेका हुन्छन । यस्तो अवस्थामा श्रीमानको माया के हो ? उसँगको ‘इमोशनल अट्याचमेन्ट’ के हो थाहा हुँदैन । श्रीमान र श्रीमतीबीच इमोशनका जुन कुराहरू हुनुपर्ने हो त्यो भएको हुँदैन । जहिले पनि जिम्मेवारीको मात्रै कुरा हुन्छ । घर बनाउने, पैसा कमाउने, लुगा किन्ने, परिवार चलाउने कुरामात्रै श्रीमान श्रीमतीको बीचमा भइरहेको हुन्छ ।
महिलाहरूमा यौन आवश्यकता चाहीँ भेटिन । मैले आफ्नो भन्दा अर्को पुरूषसँग गएको धेरै महिलाहरू भेटे । श्रीमानकै साथीसँग गएको छ, छिमेकी केटासँग गएको छ । तर, गहिरिएर हेर्ने हो भने उनीहरूमा फिलिङ र इमोशनहरू अट्याचमेण्ट नहुँदाको एकदमै पीडा पाइन्छ । माया गर्ने, सुम्सुम्याउने मान्छे हुँदा मात्र पनि मलाई माया गर्ने मान्छे त छ नि भन्या जस्तो महसुस हुन्छ । त्यस्तो मान्छे नै छैन् भने उसले छिमेकीलाई नै प्रेमी बनाउने भयो । उसले आएर दिनदिनै सुम्सुम्याउँला, माया गरेको देखाउँला, भावना साट्ला । ओहो तिमीलाई कस्तो भएको छ विचरा भन्ला । यति भएपछि त उसका लागि त्यो मान्छे महत्वपूर्ण भयो । जोसँग प्रेमको फिलिङ्स आउँछ, तब सेक्स हुन्छ । सेक्स भनेको लभ त हो नि । वास्तवममा बेश्यावृत्ति हुने सेक्स मात्र फरक हो । पार्टनरसीपमा हुने सेक्स भनेको लभ हो । अंग्रेजीमा त्यही भएर यसलाई ‘लभ मेकिङ’ पनि भनिन्छ ।

यूरोप, अमेरिका वा अस्टे्रलिया जस्ता विकसित देशमा यौनका मामलामा अलि खुलेको मान्न सक्दैंनौं ?
यदि उनीहरुको साँस्कृतिक विश्वासलाई हेर्ने हो भने फरक छ । हरेक ठाउँको संस्कृतिलाई त्यसरी नै हेर्न जरुरी छ । अहिले यूरोपमा लिभिङ टुगेदर बढी भएको तथ्यांक छ । त्यहाँको संस्कृतिको कारण पनि त्यो स्वीकार्य छ । उनीहरु ‘करियर ओरिएन्टेड’ हुन्छन् । पैसा कमाउनुपर्छ, जीवनमा मोजमस्ति गर्नुपर्छ भन्ने हुन्छ । त्यो पनि २०-३० वर्षको उमेरमा बढी हुन्छ । त्यही समयमा विवाह गरेन भने परिवार अगाडि बढ्दैन पनि । करिअरमा एकदमै माथि जाने बेलामा परिवार भयो भने रोकिने सम्भावना पनि उत्तिकै हुन्छ भन्ने लाग्यो भने लिभिङ टुगेदर बस्न सक्छन । यस्तो हुँदा पार्टनर पनि हुने, सेक्सुअल रिलेसनसीप पनि रहिरहने । त्यो त एक प्रकारको इन्जोयमेण्टको भयो यसमा कमिटमेण्ट हुँदैन । केही समयपछि एक अर्कासँग कुरा मिलेन भने सम्बन्ध विच्छेद गरिरहनुपर्ने झण्झट पनि रहेन ।
पाश्चात्य मुलुकमा महिलालाई एकदमै महत्व दिइएको छ । यदि विहे गरेर मन परेन र छोड्नुपर्‍यो भने पुरूषले ठूलो मात्रामा रकम दिनुपर्छ । यसैले केही समय लिभिङ टुगेदर गरेर बस्ने, पार्टनर राम्रो लाग्यो भने बिहे गर्ने भन्ने देखिन्छ । त्यही कारण उनीहरू लिभिङ टुगेदर गर्छन । मन परिरहृयो भने बच्चा पनि पाउँछन् । अझै पनि मन परिरहृयो भने बच्चा ५/१० वर्ष भए पछाडि बल्ल बिहे गर्छन । त्यसैले उनीहरु हाम्रो सँस्कृतिभन्दा फरक छन । त्यसकारण लिभिङ टुगेदरको परिभाषा पनि फरक छ । नेपालीहरूको लिभिङ टुगेदर त्यस्तो होइन् । नेपालीहरू यूरोप, अमेरिका, लण्डन, अस्टे्रलिया, जापान जहाँ पनि दुवैको सुरक्षाको लागि लिभिङ दुगेदर बसेको देखिन्छ ।

उनीहरूको कल्चर हाम्रा युवा युवतीहरूका लागि बाध्यता हो ? यसले भोलिका दिनमा यौन मनोवैज्ञानिक समस्या बल्झाउँछ ।
वास्तवमै । विदेशमा गएर लिभिङ टुगेदर भएपनि त्यहाँबाट फर्केपछि त्यसलाई निरन्तरता दिन चाहदैनन् । यहाँबाट त दुवैले एउटै विश्वास लिएर गएको हुन्छ । आफैसँग बसिरहेको केटीलाई पनि यहाँ आएपछि मसँग यसरी बसिरहेको मान्छेसँग कसरी बिहे गर्न सकिन्छ भन्ने सोचाई आउँछ । उसलाई एकदम भर्जिन केटी चाहिन्छ । यहाँबाट सँगै लिएर गएको र लिभिङ टुगेदरमा बसिरहेको केटी उसलाई ५ वर्षमा १० वर्षसम्म स्वीकार्य हुन्छ तर विहे गर्नका लागि हुँदैंन । यस्तै कुरा सुनेको भरमा अमेरिका, बेलायत र भारत गएर आएका केटीलाई विहे गर्नुहुन्न भन्ने यहाँका केटाहरूको मानसिकता भइसक्यो । किनभने, उनीहरू लिभिङ टुगेदरमा बसिसक्या हुन्छ भन्ने लाग्छ । सामाजिक साँस्कृतिक मान्यताको कारण यस्तो भएको हो । विदेशीमा हेर्ने हो भने म त अस्ति डेभिडसँग बसिरहेको थिए भनेर केटीले भन्छ भने केटाले चाहिँ मेरीसँग बसिरहेको थिए भन्छ । उनीहरू अरू थप डेभिड र मेरीहरूको पनि कुरा गर्लान । उनीहरूमा समस्या छैन् । हाम्रोमा समस्या छ । किनभने, हामीले लिभिङ टुगेदरको परिभाषा नै बुझेका छैनौ । बुझ्ने कोशिस गरेको चाहिँ होला ।

उनीहरूको समस्या समाधानका लागि तपाईर्को सुझाव के छ ?
मलाई लाग्छ, सुरक्षा त एकदमै राम्रो कुरा हो । लिभिङ टुगेदरले आजको सुरक्षा त होला पाँच वर्षपछि झन असुरक्षा बढाउँछ भने त्यो पहिले नै विचार गर्नुपर्छ । लिभिङ टुगेदरले उसको केही कुराहरु पूरा त हुन्छ तर, पाँच वर्षपछि गएर त्यसको दोब्बर तिर्नुपर्‍यो भने आफ्नो जीवनका लागि चाहीँ के हुन्छ ? त्यसमा पनि विचार गर्न जरूरी छ । नेपाली संस्कृतिमा रहेर लिभिङ टुगेदर गरिदैं छ भने म के गर्दैछु भन्ने कुरामा एकदमै स्पष्ट हुन आवश्यक छ । म भोलि यही पार्टनरसँग रहि रहन्छु वा रहदिन ? त्यो कुरामा स्पष्ट हुनुपर्छ । रहनैपर्छ भनेर लिभिङ टुगेदर गर्नुपर्छ भन्ने हैन तर छोडी सकेपछि चाहिँ यसले मलाई छोड्यो वा उसले मलाई छोड्यो भन्ने विषयमा चिन्ता लिनु भएन । छुटेपछि ट्रयाजेडी ‘किङ’ वा ‘क्वीन’ भएर बस्ने खालको सम्बन्धमा जानु भएन । दुवै जनाको पारस्पारिक बुझाई हुन जरूरी छ । त्यसैले उनीहरूले लिभिङ टुगेदरमा बस्नुभन्दा पहिले नै प्रशस्त मात्रामा छलफल गर्न आवश्यक छ ।
कहिलेकाही विदेशमा बस्ने नेपालीहरू यही प्रकारको समस्या मसँग साट्नु हुन्छ । उनीहरूको हरेक वर्ष फरक पार्टनर भइरहेको हुन्छ । उनीहरु हरेक मानिससँग गम्भिर भएर जाने । लिभिङ टुगेदर मेरो पैसा बचाउनलाई हो भन्ने रुपमा होइन । यो पार्टनर भविष्यका लागि हो भन्ने ढंगले जाने । तर, एकले अर्कालाई राम्रोसँग बुझेको हुदैन । दुई तीन महिना भेटेको हुन्छ । त्यही समयमा निर्णय गरेको हुन्छ । यो त हनिमुन टाइम हो नि । छिटो निर्णय गर्दा पछि समस्यामा परिन्छ ।
अर्कोतर्फ, खासगरी महिलामा समस्या देखेको छु । उनीहरुको प्रजनन उमेर गइसकेको हुन्छ । पार्टनर रोज्दारोज्दै लगभग ३४/३५ भएपछि उसको प्रजनन उमेर सकियो नि । विदेशमा लिभिङ टुगेदर बसिरहेका केटीहरूको समस्या हो यो । यस्तोे समस्या आउनु अगाडी नै मेरो भविष्यको चाहना के हो भन्ने स्पष्ट हुनुपर्छ । विवाह गर्ने वा नगर्ने, बच्चा पाउने वा नपाउने लगायतका सबै कुरामा स्पष्ट हुनुपर्छ । जोसँग पनि भयो तर, दुई बर्षपछि काम लाग्दैन ।

कामसुत्र ज्ञान पनि हो समाधान हो पनि भन्छन् नि ?
कामसुत्र मैले राम्ररी पढेको छैन् । त्यसका बारेमा मलाई केही जानकारी छ । किताब र तस्बिर हेर्दा कति वर्ष अगाडीको हो म भन्न सक्दिन । तर, त्यसमा उत्तर चाहिँ सबै छ । त्यसले यति राम्रोसँग परिभाषित गरेको छ कि यदि तिमी सेक्सलाई माया सम्भिmन्छौं यसलाई आनन्दको रुपमा लिन चाहन्छौ भने त्यसमा विविधता छन । जसलाई पार्टनरअनुसार प्रयोग गर्न सकिन्छ । ८४ वटा नै सबैका लागि ठीक होइन् । किनभने सबैजनाको क्षमता त्यो हुँदैंन । त्यसमा सबै मानिसहरूलाई चार/पाँच वटा काम लाग्न सक्छ । त्यो चाहिँ राम्रो पक्ष हो जस्तो लाग्छ । त्यसले देखाउन खोजेको कुरा राम्रो हो । त्यसलाई मान्छेले सामाजिक, साँस्कृतिक रुपमा नराम्रो कुरा भनेर लिन्छ भनेर मैले पनि त के भन्न सक्छु र ? मैले चाँही सकरात्मक रुपमा हेर्छु ।

कामसुत्रमा चारथरी महिला, चार थरी पुरूष भनेर एउटा परिभाषा दिएको छ नि ?
छ त । फरक छ । हुन्छ नि । हरेक मानिसको मनोविज्ञान फरक हुन्छ । मैले त्यो पढेकी छैन् । तर, नपढी पनि के भन्न सक्छु भने हरेक व्यक्तिको टेष्ट फरक हो । हरेकको सोचाइ फरक छ । यदि पार्टनरमा जाने बित्तिकै एकदमै पारस्पारिक कुरा गर्न जरूरी छ । आनन्द के हो ? भन्ने कुरामा दुवैको खुल्ला रूपमा कुराकानी हुन जरूरी छ ।

त्यसमा शारीरिक र मानसिक कुरा पनि छ । जस्तो लचकदार कम्मर भएको वा मोटो कम्बरका आधारमा स्वभावहरूको पनि ब्याख्या छ ? शारीरिक र मानसिक रुपमा पनि ‘क्रस म्याच’ हुनुपर्छ हो ?
मैले अहिलेसम्म भन्न खोजेको पनि त्यही हो । लभ भनेको पनि मानसिकता नै त हो नि । इमोशनको कुरा पनि मानसिक हो । हरेक मान्छेलाई सोध्ने गर्छु तपाई सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्छ ? किन हुनुहुन्छ ? किन हुनुहुन्न ? त्यहाँनेर पार्टनरलाई कसरी स्वीकार गरिएको छ त्यसमा भर पर्छ । स्वीकार गर्ने कुरा कहाँबाट आउँछ भन्दा त्यो मानसिक कुरा हो नि त ।सेक्स भनेको माइन्ड हो ।

कोही पातलो, कोही मोटो रोज्छ । किन ?
त्यो त तपाइँको दिमागमा सेट भएको हुन्छ । तपाइँलाई कस्तो खाले केटी मनपर्छ भन्यो भने मानौं गोरो, लामो कपाल भएको मन पर्ला । त्यो तपाइँको सेक्सुवालिटीले सेक्स डिटरमाइन गर्छ । कसैले अग्लो काले हृयाण्डसम भन्ला । कसैलाई गोरो चिटिक्क परेको मंगोलियन फेश मन पर्ला । त्यो भनेको तपाइँ भित्रकै ओरियन्टेशन हो । त्यसलाई भनिन्छ सेक्स ओेरेन्टेशन । जुन चाहिँ तपाइँले सानैदेखि लिएर आउनुभएको हुन्छ । तपाइँले एउटा छवि बनाउनुभएको छ, ‘मलाई यस्तो केटी मन पर्छ । मलाई यस्तो केटा मन पर्छ ।’ त्यसलाई सेक्सुवालिटी भनिन्छ । सेक्स ओरियन्टेशनबाट सेक्सुवालिटी निर्धारण भएको हुन्छ । यसरी सेक्सुवालिटी निर्धारण हुने हुँदा पुरुषलाई पुरूषै मन पर्न सक्छ । महिलालाई महिला नै मनपर्न पनि सक्छ ।

कामसुत्र दर्शन हो । तर, त्यहाँ विभिन्न ठाउँमा के देखाइएको छ भने एउटा स्त्रीले चार जना पुरूषलाई सेयर दिइराखेको देखाएको छ । त्यसले के सन्देश दिन खोजेको हो ?
मलाई रियलमा थाहा छैन । विश्वमा मान्छेका एकदमै धेरै च्वाइसहरू छन । हरेक खालको च्वाइसलाई त्यसले समेटेको होला । मलाई त्यस्तो लाग्छ । कामसुत्रमा चाहिँ मेल/मेलको छ कि छैन थाहा छैन् । त्यसमा चाहिँ हेट्रोमात्र देखाएको छ । तर, हाम्रो ग्रन्थहरूमा द्रौपदीका कथाहरू छन् । एउटा पुरूषले पाँच जनासँग सम्बन्धको कुरा छ । सबैलाई म्याच गरेर त्यो ‘एनालाइसिस’ गर्‍या होला । त्यसमा सोसाइटीमा अहिले जे देखिरहेको छ, त्यसको चित्रण गरिएको होला । उदाहरणका लागि कामसुत्र अहिलेको समयमा बन्ने हो भने अझ थप कुराहरू पनि आउँला । पुरूष-पुरूषको पनि आउँला । महिला-महिलाबीच पनि आउँला । त्यसबेलाको समयको चित्रण गर्‍या होलाजस्तो लाग्छ ।

कि सेक्स साइकोलोजी अन्तर्गत पुरूषहरूभन्दा महिलाहरूको सेक्सुअल डिजायर बढी हुन्छ भनेर देखाउँन खोजेको हो कि ?

नो । त्यो चाहिँ नहोला । मलाई चाहिँ त्यतिबेलाको टाइमको चित्रण गरिएको जस्तो लाग्छ । कस्तो-कस्तो भेराइटिजहरू छ त सोसाइटीमा भन्ने खालको चित्रण गर्‍या होला । एउटा पुरूषमा भन्दा महिलामा धेरै हुन्छ भन्ने होइन् । तर, सेक्स डिजाय। मान्छेपिच्छे फरक हुन्छ । हरेक महिला र हरेक पुरूषमा एउटै हुँदैंन । महिलालाई बढी होला वा पुरुषमा बढी होला भन्ने कुरा होइन् ।

कामसुत्रका ती दृश्यहरू हाम्रो मन्दिरको टुँडालमा किन राखिएको होला ?
कल्चरको कुरा मलाई साँच्चै थाहा छैन् । मन्दिरमा किन राखियो भन्ने कुरा संस्कृतिविदलाई सोध्दा राम्रो उत्तर पाउनुहोला ।

जिज्ञाशा त हुन्छ नि मनमा ?
मलाई त एजुकेड गरेको जस्तो लाग्छ । पहिला पढाईं थिएन । भिजुअलाइज गराएर सेक्स एजुकेशन दिन खोजेको होला । त्यतिबेला पनि सेक्सलाई लुकाउने, दबाउने होइन् खुलेर पनि देख्न सकिन्छ हेर्न सकिन्छ भन्ने थियो होला । सायद त्यसैले ‘सिम्बोलाइज’ गरेको होला ।

सेक्स र फिलिङ्सको बारेमा थोरै भनिदिनुस न ?
यदि हेल्दी रिलेशनमा हो भने सेक्स इज लभ । इट्स पिओर लभ । अनहेल्दी छ जस्तो मल्टिपल पार्टनरमा गइरा’छ भने त्यो मे बी निड । यदि हेल्दी पार्टनरसीपमा छ । कपलमा हो र म्यारिड भनेर नाम दिएर संस्थागत भएको छ भने द्याट इज लभ ।

इलेभेन मिनेट्समा
इलेभेन मिनेट्समा सबै परिभाषाहरू छन् । त्यो महिला बेश्वावृति गर्छ । त्यसमा देखाएको छ, उसको पनि कोही पर्मानेन्ट मान्छे छ जोसँग उसलाई साँच्चिकै फिलिङ्स आउँछ । उसले त्यही नै डिक्सभर गर्ने हो नि त । वास्तवममा सेक्स भनेको त इलेभेन मिनेट्स मात्र हुँदोरहेछ । बाँकी सबै फिलिङ्सरू हुन् । बाँकी फोर प्लेदेखि लिएर, वातावरण, समय त्यो सम्पूर्ण कुरा भनेको सम्बन्ध रहेछ भनेको छ नि त उसले । सेक्स भनेको ठ्याक्कै इलेभेन मिनेट्सको हुन्छ, मात्र एक्ट के त्यो ।

ब्राजिलियन साहित्यकारले भनेको कुरा नेपाली परिवेशमा पनि त्यही हो ?
अवश्य । मलाई लाग्छ, त्यो हरेक व्यक्तिको हो । मैले पनि राम्ररी पढेकी छु । हरेक कल्चरलाई मिल्ने भएर त त्यो किताब त्यति प्रख्यात भयो । मुस्लिम हेर्नुस् किस्ििचयन हेर्नुस् हिन्दु हेर्नेस् अमेरिकन हेर्नुस् । आखिर फिलिङ्स त सबैको एउटै हो नि । वातावरणीय कुराहरूमात्र फरक रहेछ । जब मान्छे भित्रको इच्छाको कुरा आउछ, द्याट इज द सेम । नेपाली होस कि अमेरिकन होस । फिलिङ इज द सेम । सबैले माया खोजेको हुन्छ । सुरक्षा खोजेको हुन्छ ।

इलेभेन मिनेट्समा जोसँग माया पाए, त्यो सँग कहिल्यै सेक्स राम्रो सेक्स पाइन जो सँग राम्रो सेक्स पाए उसँग माया पाइन भनेर मेरीले भन्छ नि ?
त्यो त एक्पोलोरेशनको टाइममा होला । उसले धेरै खालको परिभाषा दिदैं लाष्टमा कन्कुलजन दिएको छ त्यसमा । तर, मेरीकै भन्नुभन्दा पनि धेरै रिसर्चहरूले सेक्सको परिभाषा दिँदाखेरि यदि तपाइँसँग पिओर लभ, एफ्याक्सन छ । एक अर्काको बडीलाई स्वीकार गर्‍या छ भनेदेखि युआर अलवेज हृयाप्पी इन द सेक्स ।

एउटा पुरूषलाई कस्तो केटी मन पर्छ होला ?
नेपाली पुरूषको साइकोलोजी संस्कृति रुपमा हेर्दा अझ पनिसेक्सको कुरा गर्ने महिलाप्रति यसले पहिला सेक्स गसिसक्या छ कि भनेर शंका गर्ने चलन छ । तर, सेक्स एक्टका बेलामा जाँदाखेरि एउटा महिला चाहिँ खुलेर उसँग मेरो श्रीमान हो या मेरो पार्टनर हो भनेर ओपन भइदिने महिला नै मन पर्छजस्तो लाग्छ । जुन नेपाली कति महिलाहरूमा छैन्, मेरो केशहरूको अध्ययनले भन्दाखेरि । ठ्याक्कै देख्दा कस्तो मनपर्छ भन्ने कुरा त्यो तपाइँलाई थाहा हुन्छ ।

यही कुरा महिलाको पक्षबाट ?
महिलाको पनि सेम हो । जस्तो मलाई र पाँचवटा महिलालाई राखेर तपाइँले सोध्नुभयो भने हामी पाँचै जनालाई मन पर्ने पुरूषहरू फरक-फरक हुन्छन् ।

साभार: नेपालिपत्रबाट

तपाईको प्रतिक्रिया