५ पुष एजेन्सी । २०१५ को बिश्व सुन्दरीको ताज स्पेनकी सुन्दरी मेरिया लालगुना रोयोले पहेरिएकी छिन् ।उनलाई २०१४ कि विश्व सुन्दरी रोलेने स्ट्राउसले मिस वल्र्डको ताज लगाइदिएकी थिइन ।चीनको सान्यामा भएको प्रतियोगितामा एक सय १३ देशका प्रतिस्पर्धी पछि पछि पार्दै लाई २३ वर्षिया स्पेनी सुन्दरी मेरिया बिजेता बनेकी हुन । यस्तै दोस्रो स्थानमा रुसकी सोफिया निकिचुक र तेस्रोमा इन्डोनेसियाकी मारिया हरफान्ती भएकी छिन् ।नेपालबाट मिस वल्र्डको लागि प्रतिनिधित्व गरेकी मिस नेपाल इभाना मानन्धरले कुनै पनि उपाधि हात पार्न सकिनन ।