sainik-430x316पुष ५ काठमाडौं । राजधानीमा नेपाली सेनाको एक टोलीमाथि बन अतिक्रमण गर्ने समुहले आक्रमण गरेको छ ।शनिबार विहान राजधानीको गोकर्ण वनमा सेनामाथि आक्रमण भएको हो । खाना पकाउने दाउरा खोज्न गएका व्यक्तिहरुको एक समुहले गस्तीमा खटिएको सेनाको टालीमाथि आक्रमण गरी एक सैनिक जवानको हात समेत काटिदिएका छन् ।आक्रमणबाट घाइतेृ भएका सैनिकको नाम खुलाइएको छैन । दाउरा खोज्न गोकर्ण जंगलमा पुगेका व्यक्तिहरुलाई नेपाली सेनाको बर्दबहादुर गण ‘घ’ गुल्मको सैनिक टोलीले रोक्न खोज्दा झडप भएको थियो ।वन क्षेत्रको सुरक्षार्थ खटिएको गुल्मका सेनाले दाउरा खोज्न गएको उक्त समुहमा रहेका १० जनालाई दाउरासहित नियन्त्रणमा लिएको बताइएको छ ।तर, उनीहरु स्थानीय भने नभएको जनाइएको छ । घटना किन र कसरी भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया