rautahat_district

 

५ पुस, रौतहट । प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई हटाउन खोज्दा रौतहटको बीपीचोकमा प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप भएको छ । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केही राउन्ड हवाइ फायर गरेको छ ।प्रहरीले ज्यादती गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि झडप भएको हो ।

शनिबार पनि बीपी चोकमा दुई पक्षबीच झडप भएको थियो । शनिबारको झडपमा प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै पाँच राउण्ड हवाइ फायर गरेको थियो । मोर्चाका कार्यकर्ताले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए ।

 

तपाईको प्रतिक्रिया