२४ असोज, इनरुवा
नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले भोलिबाट विद्युत महसुल बुझ्ने भएको छ ।
मधेश आन्दोलनबाट उब्जेको असहज परिस्थितिका कारण केही दिन सेवा संचालनमा ल्याउन नसकेको जनाएको प्राधिकरणले भोलिबाट पूर्ववत समय तालिका अनुरुप महसुल बुझ्ने जनाएको हो ।
प्राधिरकणले आज एक सूचना प्रकाशित गरी असहज परिस्थितका कारण अवरुद्ध सेवा भोलिबाट पूर्ण रुपमा संचालनमा ल्याउने जानकारी गराएको हो ।
प्राधिकरणले गएको सोमबारबाट आज आइतवार सम्म महसुस बुझ्न नसक्दाको अवस्थालाई मध्यनजर गर्दै सो अवधीभर ग्राहकले पाउने छुट भोलि एक दिनका लागि कायम राखिने समेत जनाएको छ ।
भोलि एकदिनका लागि ग्राहकलाई छुट दिने व्यवस्था मिलाइएको प्राधिकण इनरुवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया