police५ पुस, काठमाडौं । तपाईं आफ्नो प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस भेरिफिकेशन रिर्पोट) बनाउन काठमाडौं आउँदै हुनुहुन्छ ? अब तपाइर्ं चारित्रिक प्रमाणपत्रका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।
नेपाल प्रहरीले अपराध अनुसन्धान विभाग, चालचलन शाखाबाट वितरण हुँदै आएको प्रहरी चारित्रीक प्रमाणपको दर्ता तथा वितरण आइतबारदेखि पाँच वबै विकास क्षेत्रबाटबाट सुरु गरेको हो ।

काम र पढाएको क्रममा विदेश जाने, विभिन्न उद्योग धन्दामा काम गर्ने लगायतका काममा यो प्रमाणपत्रको प्रयोग हुन्छ । काठमाडौंमा चारित्रिक प्रमाणपत्र लिनेहरुको चाप अत्याधिक भएपछि सेवाग्राहीको सुविधालाई मध्यनजर गरेर प्रहरीले सबै विकास क्षेमा एक-एक्वटा दर्ता तथा वितरण केन्द्र तोकेको छ ।पूर्वाञ्चलमा क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर, मध्यमाञ्चलमा हेटौडा, पश्चिमाञ्चलमा पोखरा र मध्य पश्चिममा अञ्चल प्रहरी कार्यालय भेरी र सदुर पश्चिममा अञ्चल प्रहरी कार्यालय सेतीबाट निवेदन दर्ता तथा प्रमाणपत्र वितरणको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रमाणपत्रका लागि काठमाडौं आउनै पर्ने बाध्यात्मक अवस्था अब अन्त्य भएको छ । तोकिएका कार्यालयहरुले दर्ता गरेको निवेदन संकलन गरी एकमुष्ट प्रहरी प्रधान कार्यालयमा पठाउनेछन् ।

निवेदकको आपराधिक अभिलेख जाँच गरी प्रहरी प्रधान कार्यालयले प्रमाणपत्र जारी गर्नेछ । ती प्रमाणपत्र फेरि सम्बन्धित कार्यालयमा फिर्ता हुने छ र त्यहाँबाट नै वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

चारित्रिक प्रमाणपत्रका लागि आइतबारदेखि बिहीबारसम्म निवेदन दर्ता गरिनेछ । निवेदन दर्ता गरेको एक सातापछिको बुधबारका दिन सम्बन्धित व्यक्तिले आफ्नो प्रमाणपत्र बुझ्न सक्नेछन् ।विदेशमा भएका नेपाली, विदेशी नागरिक र शरणार्थीहरुका लागि प्रहरी प्रधान कार्यालय चालचलन शाखाबाट मात्रै निवेदन दर्ता तथा प्रमाणपत्र वितरण गरिदै आएको व्यवस्था यथावत राखिएको छ ।अनलाइन खबर बाट ।

 

तपाईको प्रतिक्रिया