Dharan-counter

धरान, २२ असोज –  धरानको भानुचौकमा सवारी साधनको अत्यन्तै चाप बढेपछि त्यस स्थानबाट रात्रीकालीन बस पार्क धरान १५ सदन उच्च मावि छेउमा सारिएको छ ।

दिनप्रतिदिन थपिदै गएको सवारी चापका कारण अन्यन्तै साघुरो ठाउमा रहेको रात्रीकालीन बसपार्कलाई सार्नका लागि धेरै अगाडिदेखि प्रयास भएपनि सार्न नसकिरहेको अवस्थामा यहाका स्थानीयबासिन्दा, धरान उपमहानगरपालिका तथा सरोकारवाला पक्षको प्रयासमा आजबाट यस स्थानमा सारिएको हो ।

पहाडी इलाका चल्ने सवारी साधन, पूर्व पश्चिम चल्ने सवारी साधन र रात्रीकालीन बस सेवा एकै स्थानमा हुदा यात्रु लगायत सर्वसाधारणलाई अत्यन्तै असजिलो महसुस भएपछि रात्री बसलाई सार्नको लागि २०६८ सालमा यहाका प्रवुद्ध व्यक्तित्वहरुले धरान उपमहानगरपालिकामा निवेदन नै दिएका थिए ।

१६ लाख ३१ ह्जारमा रात्रीकालीन बस काउन्टर सहितको बनेको बसपार्कको क्षेत्रफल ७ कठ्ठा रहेको छ । यसको सञ्चालकको जिम्ममा भने धरान उपमहानगरपालिका र नेपाल यातायात राष्ट्रिय व्यवसाय महासंघ कोशी अञ्चलले लिने भएको छ ।

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया