bus-aagjani-430x316पुस ६ चन्द्रपुर – तराईमा आन्दोलन चलिरहेका बेला बसका मालिकले बिमा रकम लिनका लागि आफ्नो बसमा आफैं आगजनी गर्न थालेका छन् । आन्दोलनकारीले बसमा आगो लगाएको जस्तो देखाएर मालिकले नै पुरानो बसको बिमा रकम लिन आफैं बस जलाउने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

रौतहटको चन्द्रपुर ८ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक यात्रुबसमा बसका कर्मचारी आफैंले आगजनी गरेर फरार भएको प्रहरीले जनायो ।
यस्तै घटना दुई साताअघि बाराको निजगड–पथलैया सडक खण्डमा पनि भएको थियो । मंसिर १९ गते बसका मालिक र चालकको मिलेमतोमा निजगढबाट हेटौंडा चल्ने ना४ख ३२१६ नम्बरको बसमा आगजनी भएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया