kamal thapaपुष ६ काठमाडौं । नेपाल र चीनबीचको दीर्घकालीन महत्त्व राख्ने आर्थिक विकास तथा राजनीतिक मुद्दामा छलफल गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा औपचारिक भ्रमणका लागि बुधबार बेइजिङ जाने भएका छन् । मन्त्री थापाको भ्रमणका बेला चीनसँग चारवटा द्विपक्षीय सम्झौता हुन सक्ने भन्दै तयारी अघि बढाइएको छ ।

स्वतन्त्र व्यापार सम्झौता (एफटिए) द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा), पारवहन तथा व्यापार सम्झौता र इन्धन आयात सम्झौतामा हस्ताक्षर गर्न चीनसँग कूटनीतिक स्तरबाट कुराकानी भइरहेको स्रोतले जनायो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया