Bidhya-Bhandari-1काठमाडौं पुस ६। राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लाञ्छना लगाउँदै अभद्र र असभ्य व्यवहार गर्नेहरुमाथि सरकारले कानुनी कारबाही अघि बढाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले दोषीमाथि कारबाहीको निर्णय गरेको हो ।

नेपालको संविधानले सम्मानीय राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक र संविधानको संरक्षक मानेकाले उनीप्रतिको आक्रमणलाई गणतन्त्रमाथिको आक्रमणका रुपमा बैठकले ठहर गरेको छ ।‘गणतन्त्रको प्रतीकका रुपमा रहनुभएका सम्माननीय राष्ट्रपतिप्रति जनकपुरमा गरिएको दुव्र्यवहारको प्रयास र उहाँप्रति लगाइएका लाञ्छना सिंगो राष्ट्र, गणतन्त्र र लोकतन्त्रमाथिको प्रहार हो,’ निर्णयमा भनिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया