medicineकाठमाडौं पुस ६।नेपालमा गर्भपतन सेवाले कानुनी मान्यता पाएको लामो समय वितेपनि सरकारले ठोस नीति तथा कार्यक्रमलाई ब्यावहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा झन समस्या जटिल बन्दै गएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
नेपालमा असुरक्षित गर्भपतनका कारण अकालमा ज्यान गुमाउनुपर्ने या जीवनभर दीर्घरोगी भएर बाँच्नुपर्ने बाध्यताको अन्त्यका लागि निकै प्रयत्न र अइयनपछि सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको हो ।
तर गर्भपतनले कानुनी मान्यता प्राप्त गरेपछि गर्भपतन सेवालाई आय आर्जन गर्ने माध्यमका रुपमा केही स्वास्थ्थ संस्था र स्वास्थ्थकर्मीले लिएकै कारण सेवाग्राहीहरुले निकै सास्ती भोगिरहेको वरिष्ठ चिकित्सक डाक्टर छत्र अमात्यको ठम्याइ छ ।
औषधिलाई मकै भटमास आएजस्तो जथाभावी रुपमा प्रयोग गर्दा शरिरको हर्मनमा गडबढी भइ बच्चा चाँडो नहुने अवस्था देखिएको छ ।  आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया