kp-oli-430x316इटहरी ६ पुस । प्रधानमन्त्री एवम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज इटहरी आउदैछन । एमाले सुनसरीको दोस्रो जिल्ला परिषदको उदघाटन गर्न ओली इटहरी आउदै गरेका हुन । प्रधानमन्त्री ओली १२ बजे इटहरी आइपुग्ने बताइएको छ । ओली इटहरी आउने भनिएपछि इटहरीको सुरक्षा अबस्था मजबुद बनाइएको छ । ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । इटहरी प्रबेश गर्ने नाकाहरुमा सुरक्षा चेकजाच तिब्र पारिएको छ ।कार्यक्रमस्थलको निर्माण कार्य पुरा गरिएको छ । करिब २० हजार एमाले कार्यकर्ता सहभागी हुने उक्त जिल्ला परिषदमा १२ सय स्वयमसेवक परिचालन गरिएको छ ।
दोस्रो परिषदसभाको बन्द शत्रले सुनसरी पार्टीमा रिक्त रहेको अध्यक्ष र सचिव पदको पदपूर्ति समेत गरिने छ ।
तत्कालिन पार्टी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी र सचिव संविधानसभा निर्वाचनमा उम्मेदवार भएपछि ती दुवै पद रिक्त हुन पुगेको थियो । दोस्रो परिषदसभा सम्पन्न गर्नका लागि गठिन विभिन्न तयारी उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी पुरा गरिसकेको र पार्टी अध्यक्ष तथा बर्तमान सरकारका प्रधानमन्त्री के पी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दोस्रो परिषदसभा सम्पन्न गर्नका लागि पूर्वी नेपालका झापा मोरङ्ग सुनसरी उदयपुर जिल्ला लगायतबाट नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने छन ।

itahari sabha

पुर्वेलिन्युजबाट

तपाईको प्रतिक्रिया