अग्रज पत्रकार डम्बर थापा आज इटहरीमा प्रधानमंत्री केपी शर्मा ओलीबाट सम्मानित हुनुहुँदै छ ।
एमालेले आयोजना गर्न लागेको दोस्रो जिल्ला परिषद् भेलाकावीच पत्रकार थापालाई प्रधानमंत्री ओलीले सम्मान गर्ने कार्यक्रम रहेकोे छ ।
तत्कालिन पंचायति व्यवस्थाका वखत निडर पत्रकारको छवि बनाउन सफल थापा योद्धा पत्रकारका नामले परिचित हुनुहुन्छ । नेपालको पत्रकारितामा पहिलो अन्र्तवार्ताकारका रुपमा कहलिनु भएका थापाले गिरिजा प्रसाद कोइराला, विशेश्वरप्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई ,बासुदेव रिसाल, गणेशमान सिंह, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ, लगायत पूर्व भारतिय प्रधानमंत्री चन्द्र शेखर सम्मका अन्र्तवार्ता लिनुभएको थियो ।
२०४७ साल फागुन २४ मा योद्धा पत्रकारको उपनाम सहित सृजनशिल पत्रकारिता पुरस्कार पाएयता थापाले कुनैपनि राष्ट्रियस्तरको सम्मान पाउनु भएको छैन् । बहुदल स्थापनाताका पत्रकारिताका क्षेत्रमा डटेर लाग्ने क्रममा थापाले ६ पटकको अवधिमा ३ वर्ष ९ महिना १७ दिन जेल जिवन समेत भोग्नु परेको थियो । उमेरले ७०औं वशन्त पार गरिसक्नु भएका थापा वृद्धावस्थामा समेत पत्रकारिता पेशा प्रति समर्पित हुनुहुन्छ । पत्रकार थापा २०२७ सालमा विराटनगरमा स्थापना भएको प्रेस क्लबका संस्थापक सदस्य समेत हुनुन्थ्यो ।