झापा २३ असोज / झापाका विभिन्न होटल तथा लजबाट प्रहरीले आज आपत्ती जनक अवस्थामा चार जोडीलाई पक्राउ गरेको छ ।बिर्तामोडस्थित नयाँ वसपार्कमा सञ्चालित होटलमा छापा मारेर उनीहरुलाई आपत्ती जनक अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्गवहादुर खत्रीले बताउनुभयो ।

2015

उहाँले गणेश र ताप्लेजुङ होटल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।बिर्तामोडमा लामो समयदेखि यौन जन्य गतिविधि हुने गरेको जनगुनासो बढेपछि प्रहरीले छापा मारेको डीएसपी खत्रीले बताउनुभयो । होटल सञ्चालक पक्राउ नपरेपनि प्रहरीले नौ जना पक्राउ गरेको थियो । तर एक जना युवा भने प्रहरीले गाडीमा राख्ने क्रममा प्रहरीलाई झुक्याएर फरार भएको बताइएको छ ।साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया