oli itahari

इटहरी ६ पुुस ।सुनसरीमा एमाले जिल्ला कमिटि परिषद्को कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा जनतालाई दुख दिने, अनावश्यक तोडफोड गर्ने र देशका विरुद्ध अभिव्यक्ति दिनेहरुलाई नछाड्ने बताएका हुन् ।मधेसी मोर्चाले सहमतिको अन्तिम बिन्दुको रुपमा रहेको तिन जिल्ला टुक्राउने बिषयमा प्रधानमन्त्री एवम एमाले अध्यक्ष ओलीले मिलेर बसेका समुदायलाई फाटो हालेर कुनै पनि हालतमा जिल्ला विभाजन गर्न नसकिने बताउनु भएको हो ।

ओलीले तिनै जिल्लाको भूगोल एक नम्बर प्रदेशबाट दायाँ बायाँ नहुने समेत दाबी गर्नुभयो । ओलीले तिन जिल्ला भन्दा बाहिरका मानिसले जिल्ला विभाजन गर्नुपर्ने मागदाबी कुनै पनि हालतमा पुरा नहुृने बताउनुभयो ।शान्तिपूर्ण आन्दोलनको नाममा मान्छे मार्ने सरकारी कार्यालय तोडफोड आगजनि गर्नेहरु अब कानुनको दायरामा आउने बताउनुभयो ।

सरकारमा आफनो राजिनामाको माग चलिरहेको प्रसंगमा कुनै पनि हालतमा राजिनामा नदिने र मरुनजेल सम्म देशको बिकास र सेवामा आफु समरपित हुने बताउनुभयो । चुनाव हारेकाहरुले राजिनामा माग गदैमा आफु नडराउने समेत बताउनुभयो ।कार्यक्रममा प्रधानमन्त्रीले ओलीले उघोगी व्यवसायी तथा समाजीक व्यक्तित्वहरुलाई सम्मान समेत गर्नुभएको थियो ।

सम्मानित हुनेहरुमाउद्योगी ब्यवसायी सुनिल अग्रवाल ,मोती आग्रवाल, भीम पौडेल जनसेवक भण्डारी,बलराम आचार्य,  निलम बस्नेत, विमल पौडेल, मानमोहन श्रेष्ठ, राज्यलक्ष्मी गोल्छा, मोती दुगड, प्राध्यापक डा् बीपी दास , प्राध्यापक डा. संजिव शर्मा लगायतलाई सम्मान गरिएको छ । साथै मलैक्षी चौधरी प्रमोद श्रेष्ठ कुददिप पेश्कर लिला श्रेष्ट सुब्बा दलबहादुर पौडेल चम्पाकर राई सन्तलाल राई लगायतलाई मरणोप्रान्त सम्मान समेत गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया