rama_singhकुनै समयमा सुन्दर शान्त बिशाल भनेर विश्वमा चिनिएको बेला जन्मेकी म । बुद्ध,जानकी ,भ्रिकुटी र अरनीकोको पौरखको सुबाश विश्वमा फैलिएको बेला हुर्किएकी म । अहिले म त्यही शान्तिको सुबाश खोज्दै प्रान्त-प्रान्तमा जाती-जातिमा अनि धर्मको नाममा रुमलिएकी छु । संबिधान नामको पान्डुलिपी खोज्दा खोज्दै मेरो देशको बैश गएछ । बुढेशकालमा सबै भाइे मिलेर बसुन भन्ने मेरो देशको चाहना मृत्यु शैयामा पुगेछ , घाटे बैध्य रुङेर बसेका छन , दाजु भाई छिमेकी गुहार्न दौडेका छन । मेरो देश अब उठ्नै नसक्ने गरी थला परेकी नै हुन त …? मैले आशा मार्नु हुँदैन तर आशा गर्ने ठाउँ पनि भेटदिन ।
नेपाल आमाको जेठा कांग्रेसले “जो जेठाबाठो उही बाटो …..” भने जस्तो व्यबहार देखायो , माइेला एमाले २ नम्बरमा छदै थियो कहिले काही तेस्रो हुन खोज्छ र सधैं आमालाइे रुवाउछ , साँहिला माओ भनिने उहिले जङल पसेर आफ्नो  धर्म संस्कृति नै बिर्सिगो उस्को कुरा गरी साध्य नै छैन । काइेला मधेशमा हुर्केको भएर उर्बरा फाट जति सबै मलाई दिएनौ भने भनेर कड्किन्छ । बाँकी अन्तरे जन्तरे त साना भए तिन्का कुरा कस्ले सुन्ने ..?
५ खर्ब ९ करोड रुपैयाँ खर्च गरेर बनेको  संविधान दिगो बन्छ बन्दैन भन्दा पनि नेपालीलाइे नेपाली भएर बाँच्न सिकाउछ सिकाउदैन भन्ने चिन्ता नेपालीको हो । यदी नेपालीले चाहेको जस्तो भएन भने तेत्रो पैसा खर्च गरेर के पाए त नेपालीले ? के का लागि देशको ढुकुटी रित्त्याइयो । जनताका चिन्ता र चासोका बिषय यो बाहेक अहिले अरु के नै हुन सक्छ र ? भला रोजी रोटीका चिन्ता त अब खाडी मुलुकमा निर्भर पर्न गएको छ । यो चिन्तामा जेठा,माइेला,सहिला ,काइेला,अन्तरे-जन्तरेले कहाँ कहाँ के कस्तो भूमिका निर्बाह गरे ..? सता नपाउन्जेल क्रान्तिकारीका नाममा फुल्ने घोक्रो , घुम्ने मेच माथि बिराजमान भए पछी भने किन सांकेतिक भाषा प्रयोग गर्ने अवस्थामा पुग्छन ।
म पहाडीया चितवनको थारु गाउमा ‘होरिया’ खेल्दै हुर्किए तर अब मैले चितवनको त्यो धुलोलाइे आफ्नो भन्न नपाउने बनाउदै छन रे , संबिधानले तेस्लाइे अर्कै भाइको अंसमा छुटटाइ दिन्छ रे । यो संबिधानले मलाइे मेरो माटो दिन्छ कि दिदैन, त्यही माटोमा सदियौ देखी बसेका हामीलाइे सद्भाबको बर्षा गराउछ कि गराउदैन ..? मेरो हिमालको घर,पहाडको माइेति र तराइेको मावलीलाइे मितेरी पुल हालेर हालेर जोड्छ की जोड्दैन,यदी जोड्दैन भने मलाइे भन्न कर नै लाग्छ भो यो संबिधान मलाइे चाहिदैन…… ।
मुलुकमा आज अस्थिरता र अशान्ति मात्र छैन आतंककारी स्थिती पनि छ । टिकापुर र जलेश्वरमा प्रहरीलाइे लखेटी-लखेटी पेट्रोल छर्केर ,भाला रोपेर मार्ने दुस्शाहसलाइे आक्रोस मात्रै मान्न सकिन्न , यो आतंककारी घटना नै हो । हिजो अस्थिरता र अशान्तिको आगो बाल्न सिकाउनेहरु आज आफ्नै विरुद्ध आतंककारी आगो सल्किदा छिमेकी गुहार्न वाध्य छन । यसको जिम्मेवार को ? हाम्रो देशमा सङ्घीयता सम्भव छ-छैन ,२०६९ जेठ ५ गते “प्रचन्ड कमल”ले एकल जातीय राज्य स्थापना गर्न नसक्ने भयौ,तपाइहरू आन्दोलन गर्नुस भनी जनजातिहरुलाई उक्साए पछीका घटनाहरू हेरौ र अब भनौ यो बेला हामीले के रोज्ने सङ्घीयता वा राष्ट्रियता ? बुद्धको देश जहाँ दिन दहाडै शान्ति कायम गर्न गएका सुरक्षाकर्मीलाइे समातेर आगो बालिन्छ, जीवनको भिख माग्दा माग्दै भाला रोपिन्छ अनी कोक्रामा खेल्दै गरेका बालक जस्लाइे कोक्रा र आगनको दुरी पनि थाहा छैन संघीय सिमांकनका नाममा बली बनाइन्छ। जातियता र साम्प्रदायिकताको नाममा दिनहु मैले हेर्ने दृश्य यही हो भने , मैले सधैं सुन्नु पर्ने खबर यही हो भने र एक नेपालीले अर्को नेपालीलाइे गर्ने व्यबहार अब यस्तै रहिरहने हो भने म आवाज बुलन्दका साथ भन्छु भो त्यस्तो देश मलाई चाहिदैन ।
२००७ साल देखी नै संविधान जनताले नै लेख्नु पर्छ भन्ने जनतालाइे बन्दुकको नालले लेखिएको संविधानको कुनै मान्यता रहला र ? के यो संविधानले देश टुक्रिन बाट चाँही बचाउन सक्छ , भाई-भाई बिचको बैमन्स्यता हटाउन समयले मल्हम पट्टी लगाउन सक्छ अनी देशलाइे  जनकपुरको छुकछुके रेल गाडी झै जनताका आबश्यक्ता तिर हिडाउन सक्छ ? हैन जसरी भए पनि, जुनसुकै अवस्थामा पनि संबिधान अहिलेकै अबस्थामा कार्यान्वयन गर्छु भन्ने वृद्ध हठ नत्याग्ने हो भने, के संबिधान दिवसको दिन प्रत्यक वर्ष सधै देशैभरि दीपावली होला त ? दीपावली होइेन नेताहरुले जनताको रगतको फागु खेल्न फागु पुर्णिमा कुर्नु पर्दैन । जनताका लागि भन्ने अनि जनताकै हात मुख थुनेर ,भाला र खुडा बोक्न वाध्य पारेर श्री ४ को गोजिबाट निस्केको संबिधान कतै एउटी गरीब आमाले २ वटा ढुङ्गा हाडिमा हालेर पाके पछी खानु भनेर छोडेर गएको कथा त बन्दैन ?
 संघियताले भौगोलिक सिमा मात्रै तानेको छैन , गाउलाइे शहर सँग, शहरलाइे जिल्ला सँग र जिल्लालाइे क्षेत्रसँग पैठजोरी खेलाएको छ तर यतिमा मात्रै कहाँ अडिएको छ र संघियताको नारा ? जातिय संघियता र धार्मिक संघियताले त झन प्रत्येक नेपालीको मनमा १०० डिग्रीको ज्वारभाटा बिस्फोटको अबस्थामा पुर्याएको छ । जन आन्दोलन २०६२/२०६३ को बेला भएको सम्झौतामा, न धर्म निरपेक्षता ,न संघियता न राजतन्त्र हटाउने माग नै थियो । यो कुराको पुष्टी त १२ बुदे सहमतिका साक्षी प्रतिनिधि पात्रहरु नै बर्बराउन थाले बाट नै प्रस्ट हुन्छ । जन आन्दोलनमा उठ्दै न उठेको संघियताको नाराले नेपालीलाइे नेपाली भएर बाँच्न नदिन ठुलै प्रंपञ्च रच्यो , यो प्रंपञ्च रच्नेले यस्को मुल्य चुकाउन नपर्ला त? जनताले शायद तेसै माफ गर्ने अवस्था नरहन पनि सक्छ । अहिले सुरक्षा निकाय र जनता भिडेका छन, ,मरेका छन । भोली यो भिडन्त राजनैतिक नेता तर्फ केन्द्रित भयो भने आश्चर्य नमान्दा हुन्छ । आज जनता र प्रहरी बिच एक आपस तिर तेर्सिएका बन्दुक र भाला भोली राजनैतिक नेता तिर तेर्सियो भने कस्लाइे दोष दिने । दोष दिने त परै जावोस सम्हालिने ठाउँ पनि राखेका छैनन हाम्रा नेताहरुले । यती बेला नेपाली जनताले तपाइेहरुलाइे प्रश्न गर्ने छन के तपाइेहरुले चाहेको देश यस्तै हो …?
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक उपाध्यक्ष रामेश्वर राय यादवका अनुसार मधेस आन्दोलन अब  दल र नेताको लगाम बाहिर गइसकेको छ र बिस्तारै राज्यको नियन्त्रणबाट पनि बाहिर जाने र मुलुक गृहयुद्धमा फस्ने क्रममा छ । तेसो भए अब हामी सर्बिया , बोस्निया हर्जगोभिना ,कोसोभो ,र सिरिया कै पद यात्रामा हिंड्न तयार भै रहेका छौ .. ? ति देश त युरोप नजिकै थिए र उनिहरु भागेर युरोप छिर्न सक्थे तर हामी “कहाँ जान्छेस मछली मेरै ढडिया ” भने जस्तो गए पनि नगए पनि उही उत्तर प्रदेश, बिहार वा पशिम बँगाल , ग्रेट वाल अफ हिमालयले गर्दा चीन छिर्न हामी सक्दैनौ , यदी यादवजीले भने जस्तै अब गृह युद्धमै होम्मिएका हौ भने मलाइे भन्न करै लाग्छ , भो त्यस्तो देश मलाई चाहिदैन ….. आफ्नै घर बालेर आगो ताप्न उध्दत गर्ने यो संबिधान पनि मलाइे चाहिदै- चाहिदैन । मेरो देश बेचिन सक्ने संबिधान मलाइ चाहिदैन ।  मलाइे म जन्मेको बेला कै जस्तो सुन्दर शान्त नेपाल देउ ।

साभार :हिमालय खबर

तपाईको प्रतिक्रिया