Kosharaj-wontaपुष ७ काठमाडौं । पूर्वसशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा नबस्न सोमबार १० करोड रुपैयाँ धरौटी बुझाएका छन् । बयान नसकिएकाले उनलाई हिरासतमा राख्ने निर्णय अख्तियारले गरेपछि उनले एक घन्टाभित्रै १० करोड बैंक ग्यारेन्टी बुझाएका थिए ।

सिटिजन्स बैंक इन्टरनेशनललाई ग्यारेन्टी राखेर वन्त साँझ ७ः३० बजे अख्तियारबाट बाहिरिएका थिए । अख्तियारले भ्रष्टाचार आरोपमा निलम्बन गरिएका सशस्त्र प्रहरी महानिरीक्षक वन्तसँग धरौती माग्ने निर्णय गरेको थियो । प्रमुख आयुक्त लोकमान सिंह कार्कीसहित बसेको सात सदस्यीय आयोगको बैठकले छानबिन प्रयोजनका लागि वन्तसँग धरौटी माग गर्ने निर्णय गरेको थियो, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया