प्रकाशित मिति: मंगलबार, पौष ०७, २०७२
समय: ३:५२:२०

पुस ७ काठमाडौं । मधेस आन्दोलनप्रति भारतीय राजदूत रन्जित रेको टोनमा अचानक परिवर्तन आएको छ ।मधेसी मोर्चाका नेताहरुसँग सोमबार बिहान भएको ब्रेकफास्ट भेटमा राजदूत रेले चार महिनाभन्दा लामो मधेस आन्दोलनले निम्त्याएको अभावले आमजनतामा निराशा ब्याप्त भएको भन्दै आन्दोलनरत पक्ष, नेपाल र भारत सरकार कसैको पनि हित नगर्नेतर्फ गम्भीरतापूर्वक सोच्न मोर्चालाई आग्रह गरेका थिए ।बैठकमा सहभागी मोर्चाका नेता तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार राजदूत रेले मधेस आन्दोलनबारे चिन्त ब्यक्त गर्दै चाँडोभन्दा चाँडो सहमति गरी मुलुकलाई निकाश दिन आग्रह गरेका थिए । आजको
अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।