फाइल फोटो

७ पुष रौतहट ।(फाइल फोटो) रौतहटको गौरमा मंगलबार विहान ६ वजेदेखि १० वजेसम्मको लागि कफ्र्यु हटाइएको छ ।आइतबार प्रहरीको गोली लागेर एक विद्यार्थीको मृत्यु भएसँगै तनावग्रस्त रहेको कफ्र्यु हटेसँगै गौरमा प्रदर्शन सुरु भएको छ । कर्फ्यु हटेसंगै बाक्लो हुस्सु र चीसोकै बीच मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन सुरु गरेका छन् ।मोर्चाका कार्यकताहरुले चोक चोकमा निस्किएर आन्दोलन थालेका हुन् । मोर्चाका कार्यकर्ताले गौरका ठाउं ठाउंमा टायर बालेर प्रदर्शन गरिरहेपनि प्रहरीले भने हस्तक्षेप गरेको छैन । उता,कर्फ्यु खुलेसंगै सर्वसाधारणको बजारमा सामान किन्न भिड लागेको छ ।रौतहटमा प्रहरीको गोली लागेर आइतबार मृत्यु भएका तेजापाकड गाविस १ का १८ बर्षिय शेख तरबेजलाई शहीद घोषणा, पीडित परिबारलाई क्षतिपूर्ती, घटनको न्यायिक छानबीन र दोषी प्रहरीलाई कार्बाहीको माग गर्दै बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

 

 

तपाईको प्रतिक्रिया