Petrol2७ पुष एजेन्सी । सन् २००४ पछि विश्व बजारमा कच्चा तेलको मुल्य न्यून भएको छ । विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३६ दशमलव ०५ डलर पुगेको छ । जुन सन् २००४ पछि कै सबैभन्दा कम हो ।सन् २००४ को जुलाईमा पनि तेलको मूल्य यहि रकममा कारोबार भएको थियो । कच्चा तेलको मूल्य केही बेर ३६ दशमलव ०५ डलर प्रतिब्यारेलमा कायम रहेर सुधार हुँदै ३६ दशमलव ५६ डलर प्रतिब्यारेलमा पुगेको छ । विश्वभर तेलको उत्पादन बढी भएका कारण मूल्य घटेको जनाइएको छ ।

एक वर्ष पहिलेसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर थियो । सन् २०१४ को जुनमा तेलको मूल्य एक सय १५ डलर पुगेको थियो । अमेरिका तथा रुसको कच्चा तेलमा बजारमा लगातार पहुँच रहेकाले तेलको मूल्यमा तत्काल सुधार आउने सम्भावना नरहेको विशेषज्ञले बताएका छन् ।सन् २०१६ मा इरानमाथिको प्रतिबन्ध हटेपछि उसले पनि तेल उत्पादन सुरु गर्ने भएकाले तेलको मूल्य अझै घट्ने विश्लेषण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया