Indian-Oil२४ असोज, काठमाडौं ।
इन्धन आयातका लागि ग्लोबल टेण्डर आहृवान गरेपछि भारतीय आयल कर्पोरशन (आइओसी) का अधिकारीहरुले नेपाल आयल निगमका पदाधिकारीहरुलाई फोन गरेका छन् ।
आईओसीका अधिकारीले समान्य अवस्थाको भन्दा बढी लोड दिने भन्दै ट्यांकर भारत पठाउन भनेका छन् । तर, आयल निगमका अधिकारीहरु भने फेरि झुक्याउन खोजिएको हो कि भन्ने आशंका गर्छन् ।
आईओसीका अधिकारीले अघिल्लो हप्ता पनि तेल दिने भन्दै बोलाएर नेपाली ट्यांकरहरु डीपोमा पुगेपछि १० प्रतिशत मात्रैमा लोड दिएर झुक्याएको थियो ।
आायल निगमका प्रवक्ता दिपक बरालले शनिबार राति आईओसीका अधिकारीले फोनमार्फत ट्यांकर पठाउन आग्रह गरेको जानकारी दिए ।
निगमले आइओसीसँग थप प्रतिवद्धता लिएर भोलि सोमबार मात्रै ट्यांकर पठाउने तयारी गरेको छ । ‘भोली भारतमा नर्मल वर्किङ डे हो । त्यहाँ रहेका ट्यांकरलाई दिने लोड दिएको अवस्था हेरेरमा मात्रै ट्यांकर पठाउँछौं’-प्रवक्ता बरालले भने ।
समान्य अवस्थाको भन्दा बढी लोड दिने भनेर निगमको उच्च अधिकारीले भनेको भन्दै बरालले भने-डिपोमा कस्तो ब्यवहार हुन्छ । हेर्न बाँकी छ ।’
आईओसीको डिपोहरुले माग अनुसार तेल दिए एकसय भन्दा बढी ट्याकर तेल लिन पठाउने निगमको तयारी छ । तर, अघिल्लो हप्ता जस्तै ट्यांकर पुगेपछि बोलि फेरियो भने के गर्ने भन्ने कुरामा आशंका छ ।अनलाइनखबर

तपाईको प्रतिक्रिया