पुस ८,परासी। बुधबार दिउसो मधेसी मोर्चाका कार्यकर्ताले परासीमा बन्दको अवज्ञा गरेको भन्दै २ वटा ट्रयाक्टरमा तोडफोड गरेका छन्।तोडफोड भएको लु २ त ८५६२ र लु २ त ९३६५ नम्बरको ट्रयाक्टर स्थानीय जेके इँटा उद्योगको रहेको जानकारीमा आएको छ।यसैगरी जिल्लामा मध्य नेपाल यातायात व्यवसायी समितिअन्तर्गतका करिब दुईसयभन्दा बढी सार्वजनिक यातायात सञ्चालन बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।केही दिनदेखि खुकुलो पारिएको बन्द मधेसी मोर्चाले आजदेखि पुनः कडाइ गरेका कारण जिल्ला सदरमुकाम परासीसहित ग्रामीण क्षेत्रमा सञ्चालन हुने सबै रुटका सवारी साधन नचलेपछि सर्वसाधारण मार्कामा परेका हुन् ।

 

 

तपाईको प्रतिक्रिया