balatkarपुष ८ एजेन्सी । तेह्र वर्षकी एक बालिकालाई बलात्कार गर्ने मलेसियाली एकजना प्रहरी अधिकारीलाई मलेसियामा कम्तीमा पनि एक सय वर्षको जेल सजाय दिइएको छ ।

मलेसियाका ती प्रहरी उच्च प्रहरी अधिकारीलाई सय वर्षको जेल सजाय र १५ कोर्राको सजाय सुनाइएको हो । मलेसियाको प्रहरीका डेपुटी सुपरीटेन्डेन्ट राहाइजात अब्दुल अनिमाथि एक स्थानीय होटलमा कामगर्ने १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो ।

उनले ती बालिकालाई चार पटकसम्म बलात्कार गरेको आरोप सन् २०१२ मा लागेको थियो । तीन वर्ष लामो अनुुसन्धानबाट उनले सो बलात्कार गरेको ठहर गरेको हो । मलाया मेल अनलाइनमा उनलाई दोषी ठहर गरी १०० वर्षको जेल सजायका साथै १५ कोर्रा हान्ने कारबाही सुनाइएको बुधबार जनाइएको छ ।

उक्त अनलाइनमा सरकारी अधिवक्ता अजिजी नर्दिनलाई उद्धृत गर्दै सो समाचार दिइएको छ । उनले भनेका छन्– ती प्रहरी अधिकारी नागरिकको रक्षक हुनुपर्नेमा यस्तो अपराधमा सम्लग्न भएकोले यो कारबाहीको माग गरिएको उल्लेख गरिएको छ ।

मलेसियाको सबाह राज्यको अदालतले सो सजाय सुनाएको हो । उक्त अदालतले अपराध गर्ने व्यक्तिले ती बालिकाको उमेरका साथै कुनै पनि सम्वेदनशिलताको बेवास्ता गरेकोले यस्तो सजाय दिनुपरेको बताएको छ ।

विभिन्न प्राविधि विषयहरुका लागि उनको जेल समय घटाएर उनले आगामी कम्तीमा पनि ८० वर्ष जेल सजाय भोग्नुपर्नेछ । उनी ५४ वर्षका हुन् । यस आरोप लागेपछि नै उनी निलम्बन भइसकेका छन् ।

यस सजाय सुनाउने समयमा पनि उनी अदालतमा नै थिए । उनको साथमा उनकी श्रीमती पनि रहेकी थिइन् । तर त्यस फैसलापछि पनि उनले खासै कुनै प्रतिक्रिया दिएका थिएनन् । उनका वकिलले भने ती प्रहरी अधिकारीले यस फैसलाकाल विरुद्धमा माथिल्लो अदालतमा अपील गर्ने जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया